मातातीर्थ आयुर्वेद तथा वैकल्पिक चिकित्सा अस्पतालमा शल्यक्रिया सेवा | Khabarhub Khabarhub

मातातीर्थ आयुर्वेद तथा वैकल्पिक चिकित्सा अस्पतालमा शल्यक्रिया सेवा


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चन्द्रागिरि नगरपालिका–८ स्थित मातातीर्थ आयुर्वेद तथा वैकल्पिक चिकित्सा अस्पतालमा शल्यक्रिया सेवा सुरु भएको छ । 

स्थानीय तहमा सञ्चालित उक्त अस्पतालमा निःशुल्क रूपमा शल्यक्रिया सेवाको सुरुआत भएको हो । चन्द्रागिरि नगरपालिकाद्वारा सञ्चालित सो अस्पतालले पञ्चकर्म र क्षारसुत्र सेवालाई अझ गुणस्तरीय बनाउन शल्यक्रिया सेवा सञ्चालनमा ल्याइएको जनाएको छ । यो अस्पताल निःशुल्क शल्यक्रिया सेवा थालनी गर्ने पहिलो भएको बताइएको छ ।

नगरपालिकाको आन्तरिक स्रोतबाट करिब दश लाखमा अस्पतालको शल्यक्रिया कक्ष र शल्यक्रिया पछि बिरामी राख्ने श्यया निर्माण गरिएको अस्पतालका प्रमुख डा नारायण आचार्यले जानकारी दिए । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले शल्यक्रिया कक्षको आज शुभारम्भ गर्दै नगरले ‘एलोपेथिक’ उपचार र आयुर्वेद चिकित्सा दुवै सेवालाई एकै साथमा अगाडि बढाउँदै ‘स्वस्थ नगर र स्वस्थ नगरवासी’ बनाउने उद्देश्यसहित सेवालाई उच्च प्राथमिकता दिइएको बताए ।

चन्द्रागिरि–८ का वडाध्यक्ष प्रल्हाद रिजालले अगामी दिनमा अस्पतालको सेवा विस्तार गरिने जानकारी दिए । कार्यक्रममा नगर प्रवक्ता कृष्णप्रसाद खड्गी, चन्द्रागिरि–१५ का वडाध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक घनश्याम लुइँटेल, चन्द्रागिरि–१३ का वडाध्यक्ष श्रीकृष्ण खत्रीलगायतको सहभागिता थियो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगरले मातातीर्थ आयुर्वेद तथा वैकल्पिक चिकित्सा अस्पतालको सेवालाई अझ विस्तार गर्न नगरले उच्च प्राथमिकता दिँदै योजनाबद्ध काम गर्ने बताए । अस्पतालका प्रमुख डा। आचार्यले शल्यक्रिया कक्ष सञ्चालन भएसँगै अस्पतालले थप विशेषज्ञ सेवासमेत प्रदान गर्ने बाटो खुला भएको उल्लेख गरे । 

उनका अनुसार अस्पतालमा पञ्चकर्म सेवाअन्तर्गत पाइल्स, फिस्टुला र फिसरको शल्यक्रिया हुन्छ । 

उनले भने, ‘हामीले पहिलो चरणमा साताको एकदिन शल्यक्रियाको व्यवस्था मिलाएका छौँ, बिरामीको चाप र मागका आधारमा क्रमशः दैनिक शल्यक्रियाको व्यवस्था मिलाउने योजना बनाएका छौँ । ‘

अस्पतालले दैनिक बहिरङ्ग सेवा (ओपिडी) र सातामा एकदिन विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ । पञ्चकर्मअन्तर्गत (बमन, बिरेचन, वस्तिकर्म, नश्य कर्म र रक्तमोक्षण) पूर्व कर्मका विभिन्न सेवा अस्पतालले प्रदान गरिरहेको प्रमुख डा आचार्यले जानकारी दिए। उनका अनुसार अस्पतालको आफ्नै जडीबुटी उद्यान पनि छ ।

प्रमुख डा। आचार्यले महिनावारी स्वच्छता, हात धुने अभ्यास, प्राथमिक उपचारसम्बन्धी अभिभुखिकरण, किट वितरण, कपडाको प्याड बनाउने अभ्यास, जनरल तथा आयुर्वेद मोबाइल हेल्थ शिविरलगायत सेवा सञ्चालन भइरहेका बताए । आगामी दिनमा प्रभावकारी र थप गुणस्तरीय सेवाका लागि योजनाबद्ध रूपमा काम गरिने उनले उल्लेख गरे ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  ३ : ४४ बजे

थोराङ्ला पास सरसफाइ, ६५ बोरा फोहर सङ्कलन

मनाङ– विश्वको जोखिमयुक्त मानिने अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत सरसफाइ गरिएको छ

ट्रम्पको बोलीले कोट्याइएको जापानीको ८० वर्ष पुरानो घाउ

सन् १९४५ को अगस्टमा अमेरिकाले जापानको दुई सहरमा गरेको एटम

वीर गणेशमान ‘१० के’ रोड रेसको उपाधि सेनाका राजन र धादिङकी सन्तोषीलाई 

काठमाडौं– पाँचौँ वीर गणेशमान सिंह १० किलोमिटर (१० के) सडक

रामकृष्ण ढकालको फिल्म ‘मालती मंगले’मा वर्षा र विजय फाइनल

काठमाडौं – गायक रामकृष्ण ढकाल निर्माता रहने भनिएको फिल्म ‘मालती

इरानको क्रान्ति र निरङ्कुश शासन : नेपालले सिक्नुपर्ने पाठ

इरान सधैँ विश्व राजनीतिको केन्द्रविन्दुमा रहँदै आएको छ । शिया