खडेरी लागेको फिल्म बजारलाई दशैँले राहत देला? « Khabarhub

खडेरी लागेको फिल्म बजारलाई दशैँले राहत देला?


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हिन्दू नेपालीहरुको महान चाड बडादशैँ आउन अब धेरै बाँकी छैन । चौतर्फी दशैँको चर्चा हुन थालेको छ । यता फिल्म बजारमा पनि दशैँको अवसर पारेर नयाँ चलचित्र रिलिज हुने क्रम जारी छ । किनकि, प्रतीक्षित फिल्महरुले दशैँ ताकेर आफ्नो प्रदर्शन मिति तोकेका छन् ।

भोलि शुक्रबारदेखि प्रदर्शनमा आउने चलचित्र ‘कबड्डी ३’ को यतिबेला राम्रो चर्चा छ । यसअघि चलचित्रका दुई भाग सुपरहिट भइसकेकाले पनि फिल्मको चर्चा छ । दशैँ नजिकिँदै गर्दा रिलिज हुन लागेको यो फिल्मको स्टारकास्टका कारण पनि उत्तिकै चर्चा छ । चलचित्रमा दयाहाङ राईले काजीको भूमिका निभाउँदैछन् । उनको भूमिकालाई दर्शकले रुचाएका पनि छन् । साथै उनीप्रति सहानुभूति पनि प्रकट गरेका छन् ।

अझ यो भागमा त झन् नयाँ कलाकारको पनि इन्ट्री भएको छ । कमेडी शैलीको यो फिल्म रिलिजअघि नै अनुमान गरिएको छ – यो फिल्म सुपरहिट हुनेवाला छ । यसको अर्को आधार के हो भने, फिल्मले मल्टिप्लेक्समा सर्वाधिक शो पाएको छ । धेरैले यो फिल्मले दर्शक हलसम्म ओराल्ने अनुमान लगाएका छन् ।

यस्तै दशैँको मौका छोपेर अन्य दुई ठूला ब्यानरका चलचित्र पनि निर्माण हुँदैछन् । चलचित्र ‘छ माया छपक्कै’ र ‘रातो टीका निधारमा’ गरी दुई चलचित्र बढी चर्चामा छन् । यी चलचित्र पनि कमेडी जानरामा नै निर्माण भएका हुन् । यसरी हेर्दा तीनै चलचित्रले दशैँलाई कमेडीमय बनाउनेछन् ।

दीपक–दीपाको चलचित्र ‘छ माया छपक्कै’ मा केकी अधिकारी पनि छिन् । यस्तै यो चलचित्रमा ‘छक्का पञ्जा’ टिमका कलाकार छन् । जो यसअघिका सिरिजमार्फत हिट छन् । फिल्मको गीतले राम्रै प्रतिक्रिया पाइरहेको छ ।

यस्तै चलचित्र ‘रातो टीका निधारमा’ को पनि उत्तिकै चर्चा छ । यो फिल्म त अझ दशैँ विशेष नै छ । फिल्मको कथाले नै दशैँ ‘इन्डिकेट’ गरेकाले यो फिल्मले दशैँमा दर्शक हलसम्म तान्ने अनुमान गरिएको छ ।

पछिल्लो समय दर्शक नेपाली फिल्म हेर्न दर्शक हलसम्म आएका छैनन् । सम्भावना र आशा जगाएका फिल्मले पनि यसवर्ष खासै व्यापार गर्न नसकिरहेका बेला यी चलचित्रले भने फिल्मको बजारमा केही राहत पु–याउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  ४ : ५४ बजे

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र