भारत पाकिस्तानबीच जारी तनावले पीएसएल प्रभावित, कराँची र पेशावरबीचको खेल स्थगित « Khabarhub

भारत पाकिस्तानबीच जारी तनावले पीएसएल प्रभावित, कराँची र पेशावरबीचको खेल स्थगित


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत र पाकिस्तानबीच आक्रमण र प्रत्याक्रमण जारी रहेका बेला पाकिस्तान सुपर लिग पीएसएलको खेल प्रभावित भएको छ ।

बिहीबार आयोजना हुने तय भएको कराँची किङ्ग्स र पेशावर जालमीबीचको खेल भारतीय आक्रमणका कारण स्थगित भएको हो ।

पाकिस्तान क्रिकेट बोर्डका अधिकारी, टिमका मालिक र खेलाडीको बैठकले खेल स्थगित गर्ने निर्णय गरेको पाकिस्तानबाट प्रकाशित हुने द एक्सप्रेस ट्रिब्युन अखबारको अनलाइन संस्करणले जनाएको छ । सुरक्षा अवस्था र क्षेत्रीय तनावलाई ध्यानमा राख्दै खेल स्थगित गरिएको ट्रिब्युनले उल्लेख गरेको छ ।

खेलाडीको सुरक्षा र बन्दोबस्तीको जटिलतालाई ध्यानमा राख्दै पीएसएलका आगामी १० खेल कराँचीमा सार्ने तयारी भइरहेको स्रोतलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ ।

रावलपिण्डी क्रिकेट रंगशालामा भारतीय ड्रोन दुर्घटना भएपछि पीएसएलमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  ६ : ०९ बजे

शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन

काठमाडौं- आफूलाई लोकसेवा आयोगबाट नियुक्त शाखा अधिकृत भन्दै नक्कली कागजात

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण