डडेल्धुरामा अटो दुर्घटना हुँदा एक बालकको मृत्यु « Khabarhub

डडेल्धुरामा अटो दुर्घटना हुँदा एक बालकको मृत्यु


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा – आलिताल गाउँपालिका–८ स्थित गोदाम बजार नजिक अटोको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ ।

भीनपा। ००१ ह ०१२६ नम्बरको अटोले ठक्कर दिँदा आलिताल–४, कैनघाडीका ज्योती श्रेष्ठ विकका छोरा विवेक विकको घटनास्थलमै ज्यान गएको हो । बालकको मृत्यु भएको पुष्टि जोगबुढा अस्पतालले गरेको छ ।

बुडरबाट जोगबुढा जाँदै गरेको अटोले बालकलाई आमा ज्योति श्रेष्ठ विकसँगै पैदल हिँडिरहेको अवस्थामा ठक्कर दिएको थियो । ठक्करपछि अटोले बालकलाई करिब १० मिटर परसम्म घिसारेको प्रत्यक्षदर्शीले बताएका छन् ।

घटनामा थप दुई जना घाइते भएका छन् । घाइतेको उपचारका लागि जोगबुढा अस्पताल लगिएको प्रहरीले जनाएको छ । अटो चालक भने अहिले फरार रहेका छन् । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  ९ : ३१ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले