डडेल्धुरामा अटो दुर्घटना हुँदा एक बालकको मृत्यु « Khabarhub

डडेल्धुरामा अटो दुर्घटना हुँदा एक बालकको मृत्यु


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा – आलिताल गाउँपालिका–८ स्थित गोदाम बजार नजिक अटोको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ ।

भीनपा। ००१ ह ०१२६ नम्बरको अटोले ठक्कर दिँदा आलिताल–४, कैनघाडीका ज्योती श्रेष्ठ विकका छोरा विवेक विकको घटनास्थलमै ज्यान गएको हो । बालकको मृत्यु भएको पुष्टि जोगबुढा अस्पतालले गरेको छ ।

बुडरबाट जोगबुढा जाँदै गरेको अटोले बालकलाई आमा ज्योति श्रेष्ठ विकसँगै पैदल हिँडिरहेको अवस्थामा ठक्कर दिएको थियो । ठक्करपछि अटोले बालकलाई करिब १० मिटर परसम्म घिसारेको प्रत्यक्षदर्शीले बताएका छन् ।

घटनामा थप दुई जना घाइते भएका छन् । घाइतेको उपचारका लागि जोगबुढा अस्पताल लगिएको प्रहरीले जनाएको छ । अटो चालक भने अहिले फरार रहेका छन् । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  ९ : ३१ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब