पाकिस्तानद्वारा जम्मू र पठानकोटमा ड्रोन आक्रमण « Khabarhub

पाकिस्तानद्वारा जम्मू र पठानकोटमा ड्रोन आक्रमण


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानले भारतको जम्मू र पठानकोटमा ड्रोन आक्रमण गरेको छ । बिहीबार राति पाकिस्तानले जम्मु र पठानकोट वायुसेना स्टेसनलाई निशाना बनाएर ड्रोन आक्रमण गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यता भारतले पाकिस्तानी सेनाको एफ १६ लडाकु विमान खसालेको गरेको छ । भारतीय टेलिभिजन आज तकका अनुसार भारतले एस ४०० हवाई प्रतिरक्षा प्रणालको माध्यमले उक्त लडाकु विमान खसालेको हो । यसबारे पाकिस्तानी पक्षले कुनै टिप्पणी गरेको छैन ।

यस्तै जैसलमेर–पोकरणमा पाकिस्तानको आक्रमण असफल भएको भारतले दाबी गरेको छ । पाकिस्तानद्वारा आक्रमणका लागि पठाईएको ड्रोन खसालेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

यस्तै श्रीगंगानगरमा रेड अलर्ट जारी गरिएको छ । मानिसहरलाई घरमै बस्न अपील गरिएको छ । सीमावर्ती जिल्लाहरुमा विद्युत आपूर्ति बन्द गरिएको बताइएको छ ।

भारतका जम्मु कश्मिर, गुजरात लगायतका सीमावर्ती जिल्लाहरूमा ब्ल्याकआउट गरिएको छ । सर्वसाधरणलाई सावधानी अपनाउन आग्रह गर्दै साइरन बजाइएको समाचारमा उल्लेख छ ।

२२ अप्रिलमा पहलगाममा भएको आतंकवादी हमलाको बदला लिन भन्दै भारतीय सेनाले पाकिस्तानका ९ स्थानमा मंगलबार राति आक्रमण गरेको थियो । त्यसपछि दुई देशबीच युद्ध चर्किन थालेको छ । बिहीबार आईपीएल खेलअघि बीसीसीआईले सम्मान समारोह आयोजना गरेको थियो। कार्यक्रममा प्रसिद्ध गायक बी प्राकले देशभक्तिपूर्ण गीत गाएर भारतीय सेनाको मनोबल बढाएका थिए ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  १० : ४३ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले