काठमाडौं– वैशाखको चौँथो साता वैशाख २१ गतेदेखि २५ गतेसम्म शेयर बजार ५ दिन कारोबार भयो । ३ दिन बजार घट्दा २ दिन बढ्यो । आइतबार र सोमबार लगातार घटेको शेयर बजार मङ्गलबार र बुधबार बढ्यो । बिहीबार पुनः उरालो लाग्यो । परिसूचकमा ‘डेड क्याट बाउन्स’ देखिएको नेप्से समग्र सातामा साढे २८ अङ्कले वृद्धि भयो ।
बुधबारको वृद्धिले ३ दिनको घाटालाई मेकअप गर्यो । यो साता नेप्से २५०० विन्दु नजिक पुगे पनि टेक्न सकेन । परिसूचक न्यूनतम २६०४ विन्दुसम्म पुगेर फर्कियो । २८.८१ अङ्कले वृद्धि भएको नेप्से दैनिक औसतमा ५.७६२ अङ्कले बढ्यो ।
यो साता सन्तोषजनक कारोबार देखिएको नेप्से ५ दिनमा ४७ अर्ब ७९ करोड ५८ लाख ७० हजार रुपैयाँको कारोबार भयो । दैनिक औसत ९ अर्ब ५५ करोड ९१ लाख ७४ हजार रुपैयाँ रह्यो । सातामा ११ करोड ८९ लाख ३० हजार ५६७ कित्ता शेयर कारोबार हुँदा दैनिक औसत २ करोड ३७ लाख ८६ हजार ११३ कित्ता शेयर कारोबार भयो ।
सातामा ५ दिनको अवधिमा ४ लाख ३० हजार ५४७ पटक शेयर किनबेच हुँदा दैनिक औसतमा ८६ हजार १०९ पटक किनबेच भयो । यो साता औसतमा दैनिक ३१६ कम्पनी कारोबारमा आए ।
कुन दिन कस्तो थियो बजार ?
लगातार ३ दिनदेखि घटिरहेको नेप्सेको साताको सुरुवात पनि घटेरै भयो । अघिल्लो कारोबार दिनभन्दा कम अङ्कले घटे पनि बजार बन्द हुँदा राताम्य देखियो ।
आइतबार नेप्से ३.४४ अङ्कले घटेर २६२०.३९ विन्दुमा आयो । ०.१३ प्रतिशतले घट्दा बजारमा २५ अङ्कको उतारचढाव देखियो । परिसूचक उच्चतम २६४५.६७ विन्दु र न्यूनतम २६१९.२६ विन्दुसम्म आयो ।
सामान्य अङ्कले बजार घट्दा पनि कारोबार पनि सामान्य नै रह्यो । आइतबार एकै दिन ९ अर्ब २४ करोड ५५ लाख ८३ हजार रुपैयाँ बराबरको २ करोड १९ लाख ५ हजार ३११ कित्ता शेयर ८१ हजार ९८५ पटक किनबेच भएको थियो । दिनभरमा ३२२ कम्पनी कारोबारमा आए ।
बजारको ओरालो यात्रा निरन्तर ५ औँ दिन देखियो । ४ दिनदेखि घटिरहेको नेप्से सोमबार दोहोरो अङ्कले घटेर बन्द भयो ।
सोमबार ९.९८ अङ्कले घटेर २६१०.४० विन्दुमा पुग्दा नेप्से ०.३८ प्रतिशतले घट्यो । बजारमा २६ अङ्कको उतारचढाव देखियो । परिसूचक उच्चतम २६३०.३६ विन्दु र न्यूनतम २६०४.७९ विन्दुमा पुगेको थियो । कारोबारमा पनि गिरावट आयो ।
सोमबार दिनभर ७ अर्ब ६३ करोड ३४ लाख १९ हजार रुपैयाँ बराबरको १ करोड ८३ लाख ३७ हजार ९४२ कित्ता शेयर ६५ हजार ८८४ पटक किनबेच भएको थियो । यस दिन ३१९ कम्पनी कारोबारमा आएका थिए ।

छैटौँ दिनमा ब्रेक
बजारको ओरालो यात्रा छैटौँ दिनमा ब्रेक लाग्यो । मङ्गलबार बजारमा हरियाली देखियो । सामान्य अङ्कको हरियाली देखिनाले लगानीकर्तामा उत्साह थपियो ।
मङ्गलबार नेप्से बन्द हुँदा १.०३ अङ्कले बढेर २६११.४३ विन्दुमा पुग्यो । ०.०३ प्रतिशतले बढ्दा बजारमा १२ अङ्कको उतारचढाव देखियो । मङ्लबार नेप्से परिसूचक उच्चतम २६२५.७० विन्दु र न्यूनतम २६०९.५७ विन्दुसम्म पुगेको थियो ।
बजारमा हरियाली छाउँदा कारोबार वृद्धि भयो । मङ्गलबार ८ अर्ब ७४ करोड ७६ लाख ६८ हजार रुपैयाँ बराबरको २ करोड ५ लाख ४२ हजार ७६४ कित्ता शेयर ८० हजार ५४ पटक किनबेच भयो । दिन दिनभरमा ३१८ कम्पनी कारोबारमा आए ।
बुधबार उछाल
बुधबार शेयर बजारमा एकाएक उछाल आयो । राष्ट्र बैङ्कमा गभर्नर नियुक्तिको हल्ला चलेपछि नेप्सेमा उछाल आयो । बुधबार एकै दिन नेप्से ६२.२५ अङ्कले बढेर २६७३.६९ विन्दुमा पुग्यो ।
यस दिन नेप्से २.३८ प्रतिशतले बढ्दा बजारमा ६५ अङ्कको उतारचढाव देखियो । परिसूचक उच्चतम २६७६.२५ विन्दु र न्यूनतम २६११.७१ विन्दुसम्म पुग्यो ।
बुधबार एकैदिन १० अर्ब ५१ करोड १८ लाख ४० हजार रुपैयाँ बराबरको २ करोड ७२ लाख ४५ हजार ४५९ कित्ता शेयर ९९ हजार ३०५ पटक किनबेच भयो । दिनभरमा ३०८ कम्पनी कारोबारमा आए ।
बिहीबार पुनः उरालो
दुई दिन लगातार बढेको बजारमा साताको अन्तिम दिन बिहीबार भने फेरि ब्रेक लाग्यो । बिहीबार नेप्से १२ अङ्कले घट्यो । ०.४५ प्रतिशतले घटेर २६६१.६४ विन्दुमा पुग्यो ।
बिहीबार बजारमा ३२ अङ्कको उतारचढाव आउँदा नेप्से परिसूचक उच्चतम २६८७.३८ विन्दु र न्यूनतम २६५५.७९ विन्दुसम्म पुग्यो । बजार घट्दा बिहीबार ११ अर्ब ६५ करोड १७ हजार रुपैयाँ बराबरको ३ करोड ७ लाख ९९ हजार ९१ कित्ता शेयर कारोबार भयो ।
बिहीबार ३१५ कम्पनी कारोबारमा आउँदा १ लाख ३ हजार ३१९ पटक शेयर किनबेच भयो ।
प्रतिक्रिया