आईपीएल स्थगित « Khabarhub

आईपीएल स्थगित


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


591
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यस सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) स्थगित भएको छ । भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईले यस सिजनका बाँकी खेलहरु अनिश्चित कालका लागि स्थगित गरेको हो ।

बीसीसीआईको बैठकले यस्तो निर्णय गरेको भारतीय टेलिभिजन आज तकले उल्लेख गरेको छ ।

यससँगै आजदेखि आईपीएलका कुनै खेल हुनेछैनन् । भारत र पाकिस्तानबीच तनाव बढ्दै गइरहेका बेला आईपीएल स्थगित गरिएको हो । पाकिस्तानसँग तनाव बढिरहेका बेला आफ्नो पहिलो प्राथमिकता विदेशी खेलाडीहरूलाई घर पठाउनु रहेको बीसीसीआईले जनाएको छ । बीसीसीआईले चाँडै नयाँ मिति घोषणा गर्ने अपेक्षा गरिएको छ ।

आईपीएलमा मे ८ सम्म ५८ खेलहरू भएका थिए । बिहीबार धर्मशालामा आयोजित पञ्जाब किङ्ग्स र दिल्ली क्यापिटल्सबीचको खेल बीचैमा स्थगित भएको थियो ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  १२ : ५७ बजे

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने