कप्तान गुरुङ भन्छन् : यु–१८ साफ च्याम्पियनसिपमा ह्याट्रिक गर्छौं | Khabarhub Khabarhub

कप्तान गुरुङ भन्छन् : यु–१८ साफ च्याम्पियनसिपमा ह्याट्रिक गर्छौं


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको साफ यु–१८ टोलीले च्याम्पियनसिपको उपाधि जित्दै प्रतियोगितामा ह्याट्रिक गर्ने लक्ष्य लिएको छ ।

काठमाडौंमा एन्फाले गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाली राष्ट्रिय यू–१८ फुटबलका कप्तान जया गुरुङले तेस्रो संस्करणको साफ यु–१८ उपाधि जित्दै प्रतियोगितामा ह्याट्रिक गर्ने विश्वास ब्यक्त गरेका हुन् ।

हल्चोकस्थित सशस्त्र प्रहरी बल एपीएफको रंगशालामा भोलि (शुक्रबार) बाट सुरु हुने प्रतियोगिता अघि प्रि – म्याच कन्फरेन्समा बोल्दै कप्तान गुरुङले टिमको तयारी उत्कृष्ट रहेको कारण उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य रहेको बताए ।

उनले पछिल्ला दुई संस्करणमा नेपालले जीत हात पारेको बताउँदै घरेलु मैदानमा पनि विजयी हुँदै ऐतिहासिक ह्याट्रिक गर्ने दावी गरे । ‘लगातार दुई संस्करणमा जीत हात पारिसकेका छौँ । अब यो संस्करणमा जीत हात पार्दै ह्याट्रिक गर्छौं’ , कप्तान गुरुङले भने ।

शुक्रबार दिउँसो ३ बजेदेखि शुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र माल्दिभ्सले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा आयोजक टोली नेपालसहित भारत, माल्दिभ्स, बंगलादेश, श्रीलंका र भुटान रहेका छन् । नेपालको समूहमा माल्दिभ्स र भुटान छन् भने समूह ‘बी’ मा भारत, बंगलादेश र श्रीलंका छन् ।

अन्य टोलीभन्दा राम्रो र सन्तुलित टोली रहेको बताउँदै नेपाली टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले नेपालले घरेलु मैदानको फाइदा उठाउने बताएका छन् ।

यता, यु–१८ साफ च्याम्पियनसिपमा भारतीय युवा टोलीको मुख्य प्रशिक्षक रहेका फ्लोय पिन्टोले आफ्नो टोलीले राम्रो खेल्ने बताएका छन् ।

उपाधि जित्ने लक्ष्यसहित नेपाल आएको भारतले प्रतियोगिताको पहिलो खेल बंगलादेशसँग खेल्दैछ । प्रशिक्षक पिन्टोले टोलीको अभ्यास राम्रो रहेको बताउँदै सबै टोली एउटै स्तरका भएपनि आफ्नो टोलीले राम्रो खेल्दै फाइनलसम्मको यात्रा तय गर्ने बताए ।

यस्तै, भारतीय कप्तान प्रभासाखन सिंह गिलले बंगलादेश राम्रो टोली रहेकाले सम्यम भएर खेल्ने बताएका छन् ।

यसैगरी, माल्दिभ्सका मुख्य प्रशिक्षक साज्ली मोहमदले आफ्नो टोलीले राम्रो अभ्यास गरेको बताएका छन् । ‘प्रतियोगिताको शुरुवाती खेल घरेलु टोलीसँग भएकाले केही अफ्ठ्यारो भएपनि आफ्नो टोली सन्तुलित भएका कारण हामीले राम्रो शुरुवात गर्ने छौं ,’ प्रशिक्षक साज्लीले भने,‘राष्ट्रिय टोलीका खेलाडी रहेकाले फाइनलसम्म पुग्छ ।’

यस्तै, कप्तान नासन नजिमले नेपालसँगको खेल निकै प्रतिस्पर्धात्मक हुने भएपनि राम्रो गर्दै अगाडि बढ्ने बताए । सागमा सहभागी अधिकाशं टोलीले प्रतियोगितामा उपाधि जित्ने दावी गरेका छन् ।

तर, नेपाली टोलीका प्रशिक्षक चेत नारायण श्रेष्ठले भने नेपाल र भारत प्रतियोगिताका बलिया दुई टोली रहेको बताएका छन् । नेपालकै समूहमा रहेको अर्को टोली भुटानले पनि आफ्नो राम्रो तयारी रहेको बताएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  ६ : २८ बजे

हङकङ सिक्सेस: नेपालले अफगानिस्तानसँग खेल्दै

काठमाडौं – हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले शुक्रबार अफगानिस्तानसँग प्रतिस्पर्धा

पथरी शनिश्चरे गोल्डकपः पथरी–११ र सलहेस फाइनलमा

पथरी – अन्तरराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२ उपाधिका

एनसेल र मेटलाइफ नेपालको साझेदारीमा ‘डाटासँगै जीवन बिमा’ सेवा

काठमाडौँ- एनसेल अजिरा लिमिटेड र मेटलाइफ नेपालबीचको सहकार्यमा नेपाली ग्राहकहरूका

प्रमाणसहित उजुरी दर्ता गर्न सहकारीका बचतकर्तालाई प्रहरीको आग्रह

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–९ नयाँबजारमा सञ्चालित पोखरा

ललितकला प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि अन्तरराष्ट्रिय कला प्रदर्शनी

काठमाडौं – काठमाडौंमा आउँदो आइतबारदेखि पाँच दिने अन्तरराष्ट्रिय कला प्रदर्शनी