पत्रकारलाई सेनाको तालिम « Khabarhub

पत्रकारलाई सेनाको तालिम


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महोत्तरीको बर्दीबासस्थित नेपाली सेनाको मध्य पूर्वी पृतना हेडक्वार्टरले स्थानीय पत्रकारहरुलाई रक्षा संवाददाता अभिमुखीकरण तालिम दिएको छ ।

गत बैशाख २२ देखि शुरु भएको चारदिने तालिम शुक्रबार सकिएको पृतना कार्यालयले जनाएको छ ।

समापन कार्यक्रममा नेपाली सेनाका मध्य पूर्वी पृतनाका चिफ अफ स्टाफ सहायक रथी भूवन खत्रीले अभिमुखीकरणमा सहभागी सञ्चारकर्मीलाई प्रमाणपत्र वितरण गरे ।

यस अवसरमा विगत लामो समयदेखि नेपाली सैनिक रेडियो कार्यक्रम प्रसारण गर्ने पृतनाको जिम्मेवारी क्षेत्र अन्तर्गतका ४ वटा एफ.एम. रेडियो स्टेसनहरूलाई प्रोत्साहन स्वरूप नगद तथा कदर पत्र पनि प्रदान गरिएको थियो ।

अभिमुखीकरण कार्यक्रममा ११ जिल्लाका विभिन्न सञ्चार माध्यममा आवद्ध २७ जना सञ्चारकर्मीको सहभागितामा थियो ।
कार्यक्रममा नेपाली सेनाका विभिन्न निकायहरूको काम, कर्तव्य र जिम्मेवारीहरूका बारेमा पत्रकारहरुलाई जानकारी गराइएको थियो ।

कार्यक्रमकै बीचमा सहभागी पत्रकारहरुलाई बारा जिल्लाको सिम्रौनगढस्थित रानिवास दरबार र कलैयास्थित ऐतिहासिक पार्कको स्थलगत भ्रमणसमेत गराइएको थियो ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ३ : २५ बजे

च्याम्पियन्स लिग : एटलान्टासँग चेल्सी पराजित

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सी पराजित

पूर्व–पश्चिम राजमार्ग विस्तार गर्न ६ हजार रुख काटिने

महोत्तरी– पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि महोत्तरी जिल्लामा ६ हजार २७

च्याम्पियन्स लिग लिभरपुलको रोमाञ्चक जित

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा लिभुरपुलले इन्टर

बार्सिलोनाको जितमा काउन्डेको दुई गोल

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना विजयी

नयाँ पुस्ताको माग पूरा गर्न जरुरी : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले गत भदौ २३ र २४ गते