भारतीय सेनाले भन्यो : बिहीबार पाकिस्तानले ४०० ड्रोन हान्यो « Khabarhub

भारतीय सेनाले भन्यो : बिहीबार पाकिस्तानले ४०० ड्रोन हान्यो


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतीय सेनाले बिहीबार राति पाकिस्तानले भारतका विभिन्न स्थानहरूमा ३०० देखि ४०० वटा ड्रोन छाडेको बताएको छ ।

भारतीय विदेश मन्त्रालयको तर्फबाट शुक्रबार आयोजना गरिएको प्रेस ब्रिफिङमा कर्नल सोफिया कुरैशीले बिहीबार रातिको हमलाबारे जानकारी दिएकी छिन्।

कर्नल सोफियाले भनिन्, ‘पाकिस्तानी सेनाले बिहीबार राति भारतीय सैन्य संरचनाहरूमाथि हमला गरेको छ। पाकिस्तानको तर्फबाट ३०० देखि ४०० वटा ड्रोन प्रक्षेपण गरिएको थियो।’

यद्यपि पाकिस्तानका रक्षा मन्त्रीले आक्रमण भएको भन्ने दाबीलाई अस्वीकार गरेका थिए।

कर्नल सोफियाले भनिन्, ‘भारतीय सुरक्षाफौजले काइनेटिक (जस्तै गोली, मिसाइल)र नन काइनेटिक (जस्तै इलेक्ट्रोनिक जामिङ) माध्यम प्रयोग गरी धेरै ड्रोन खसाल्न सफल भएका छन्।’

ूयति ठूलो स्तरको हवाई घुसपैठको सम्भावित उद्देश्य भारतको हवाई सुरक्षा प्रणालीको परीक्षण गर्नु र खुफिया सूचना सङ्कलन गर्नु हुनसक्छ। ड्रोनहरूको भग्नावशेषको फरेन्सिक जाँच भइरहेको छ। प्रारम्भिक अनुसन्धानबाट यी ड्रोनहरू टर्कीमा बनेको देखिएको छ।ू

यद्यपि, कर्नल सोफियाले गोलीबारीमा भारतीय सेनाका कति सैनिकहरू मारिए वा घाइते भए भन्ने विवरण सार्वजनिक गरेकी छैनन्।

पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले भने बीबीसीसँग बिहीबार राति प्रतिक्रिया दिँदै भनेका छन्, ‘हामी यी सबै आरोप अस्वीकार गर्छौं। अहिलेसम्म पाकिस्तानले केही गरेको छैन। जब पाकिस्तान आक्रमण गर्छ, सबैलाई थाहा हुनेछ।’

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  १० : ३४ बजे

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा