गाजामा निजी क्षेत्रबाट राहत वितरण गर्ने अमेरिकी प्रस्ताव « Khabarhub

गाजामा निजी क्षेत्रबाट राहत वितरण गर्ने अमेरिकी प्रस्ताव


२७ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

वाशिंटन – अमेरिकाले गाजामा राहत वितरणमा लगातार तेस्रो महिना अवरोध उत्पन्न भएपछि निजी कम्पनीमार्फत सो कार्य अघि बढाउने प्रस्ताव गरेको छ।

इजरायलका लागि अमेरिकी राजदूत माइक हुकाम्बेले सुरक्षाको ग्यारेन्टी लिने संरक्षित केन्द्रबाट राहत वितरणको प्रस्ताव गरेका हुन्।

उनले इजरायल राहत वितरण कार्यमा संलग्न हुने कुरालाई अस्वीकार गर्दै वितरण केन्द्रलाई त्यहाँका सुरक्षाकर्मीले संरक्षण गर्ने बताए।
यस अघि नै राष्ट्र सङ्घ निकट धेरै निजी कम्पनीले आफूहरू हतियारबाट बच्न कठिन भएका कारण सो प्रस्ताव अस्वीकार गरिसकेका छन्।

मार्चदेखि इजरायलले गाजामा सम्पूर्ण राहत वितरणमा अवरोध सिर्जना गरेको छ। यसले खाद्यान्न, पानी, औषधी र आवासमा समेत समस्या बढ्दै गएको छ। गाजामा चरम मानवीय संकट उत्पन्न भएको छ। २१ लाख जनता असाध्यै ठुलो समस्यामा परेका छन्।

एक तिहाइ जनाताको घरमा त खाद्यान्न र ग्यासको अभावमा चुलोमा आगो बल्न छाडिसकेको छ। अमेरिकामा रहेको च्यारिटी संस्था विश्व केन्द्रीय किचेनले दैनिक एक लाख ३० हजारलाई खाद्यान्न वितरण गरे पनि मंगलबार यो पनि रोकिएको छ।

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  ६ : १६ बजे

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध