पाकिस्तानका सैन्य अड्डामै हवाई हमला गरेको भारतको दाबी | Khabarhub Khabarhub

पाकिस्तानका सैन्य अड्डामै हवाई हमला गरेको भारतको दाबी


२७ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


633
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भारतले जारी लडाईंमा पाकिस्तानका सैन्य अड्डामै हवाई हमला भएको दाबी गरेको छ । कमभन्दा कम कोल्याटरल ड्यामेज (सर्वसाधारणको कम क्षति) हुनेगरी पाकिस्तानका सैन्य अखडामा हमला गरिएको भारतीय सेनाले जनाएको हो ।

भारतीय सेनाकी कर्नेल सोफिया कुरैशीले शनिबार प्रेस ब्रिफिङ क्रममा पाकिस्तानले पनि आफ्ना सैन्य अड्डालाई निसाना बनाएको स्वीकारिन्‌ । उनले भनिन्, ‘पाकिस्तानले हाम्रा सैन्य अड्डालाई जानाजान निशाना बनायो, त्यसपछि भारतीय सशस्त्र बलले पनि सुनियोजित तरिकाले जवाफी हमला गर्‍यो ।’

पाकिस्तानका प्राविधिक गुप्तचरी अड्डा, कमाण्ड एण्ड कन्ट्रोल स्टेशन, राडार साइट्स र हतियार भण्डार छनोट गरी निशाना बनाइएको कुरैशीले दाबी गरिन्‌ ।

‘रफीकी, मुरीद, चकलाला, रहीमयार खान, सुक्कुर र चुनियास्थित पाकिस्तानी सैन्य अड्डामाथि सटिक हतियार र युद्धक विमानबाट प्रहार गरिएको हो’, कुरैशीले थपिन्‌, ‘पाकिस्तानको पसरूरस्थित रडार साइट र सियालकोटको हवाई शिविरलाई पनि भारतले निशाना बनायो ।’

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  १ : ४६ बजे

विपद्का बेला सामाजिक सुरक्षा प्रणाली अपनाउनुपर्नेमा जोड

काठमाडौं– विपद्का समयमा अग्रिम सामाजिक सुरक्षा प्रणाली अपनाउनुपर्ने एक कार्यक्रममा

रविको पक्षमा हस्ताक्षरबारे रास्वपालाई कांग्रेसले भन्यो- अदालतमा विचाराधीन मुद्दाबारे ख्याल गर्नू

काठमाडौं– नेपाली कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन

४० औँ ऐतिहासिक श्री जगन्नाथ रथयात्रा काठमाडौंमा (तस्बिरहरू)

काठमाडौं– ऐतिहासिक श्री जगन्नाथ रथयात्रा महामहोत्सव काठमाडौंमा आयोजना गरिएको छ

कहिले आउला काठमाडौं महानगरको बजेट ?

काठमाडौं- देशकै ठूलो काठमाडौं महानगरपालिकाले निर्धारित समय अर्थात् असार १०

समीक्षा र एलिनाको पक्षमा उभिए फिल्मकर्मी र कलाकार

काठमाडौँ – उदीयमान दुई गायिका एलिना चौहान र समीक्षा अधिकारीले