अमेरिकाको मध्यस्थतामा भारत र पाकिस्तान युद्धविराम गर्न तयार : ट्रम्प « Khabarhub

अमेरिकाको मध्यस्थतामा भारत र पाकिस्तान युद्धविराम गर्न तयार : ट्रम्प


२७ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान तत्काल युद्धविराम गर्न सहमत भएको घोषणा गरेका छन् । आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले दुई मुलुक तत्काल पूर्ण युद्धविराम गर्न तयार भएको घोषणा गरेका हुन् ।

यसबारे भारतीय र पाकिस्तानी पक्षले कुनै टिप्पणी गरिसकेका छैनन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अमेरिकाको मध्यस्थतामा राति लामो वार्तापछि भारत र पाकिस्तान तत्काल र पूर्ण युद्धविराम गर्न सहमत भएको घोषणा गर्दा मलाई खुशी मिलेको छ ।’

उनले दुबै मुलुकलाई कमन सेन्स र उच्च बुद्धिमत्ताको प्रयोग गरेकोमा बधाइ पनि दिएका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  ५ : ५५ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको