भ्रष्टाचार न्यूनीकरण गर्न निरन्तर लागिरहेका छौँ : मुख्यमन्त्री पाण्डे | Khabarhub Khabarhub

भ्रष्टाचार न्यूनीकरण गर्न निरन्तर लागिरहेका छौँ : मुख्यमन्त्री पाण्डे


२७ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

लेखनाथ– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भ्रष्टाचार न्यूनीकरणका लागि निरन्तर रूपमा लागिरहेको बताएका छन् । 

प्रजातान्त्रिक विचार समाज कास्कीको १०औँ अधिवेशन तथा भ्रष्टाचार न्यूनीकरण र सुशासनबारे आयोजित गोष्ठीको आज पोखरामा उद्‌घाटन गर्दै उनले संस्थागत रूपमा मौलाएको भ्रष्टाचार न्यूनीकरण गर्दै सुशासन र भ्रष्टाचार निरुत्साहित गर्न आफू लागिरहेको बताए। 

मुख्यमन्त्री पाण्डेले समाजमा हुने विकृति हटाउन र नेपाली जनतालाई सुशासन दिन प्रदेश सरकार प्रयत्नशील रहेको र सङ्गठित आवाजलाई बलियो बनाउन सके यसमा थप सघाउ पुग्ने उल्लेख गरे । 

संविधानविद् प्रा.डा विपिन अधिकारीले भ्रष्टाचार न्यूनीकरण गर्न सरकारका प्रशासनिक निकाय चुस्तदुरुस्त हुनुपर्नेमा जोड दिए। नेपालको न्यायप्रणालीमा ढिलासुस्ती हुँदा नेपाली जनतामा न्यायालयप्रति निराशा देखिने गरेको उनको भनाइ थियो । 

प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लेले देशमा आर्थिक र नैतिक रूपमा मौलाएको भ्रष्टाचार न्यूनीकरण गर्नुपर्नेमा जोड दिए । लोकतन्त्रमा जनता नै प्रमुख हुन्छन् भन्ने मनन गरेर सरकार अगाडि बढ्नुपर्ने बताए।  

नेपाली कांग्रेसका नेता सोवियतबहादुर अधिकारीले समाजमा सुशासन स्थापना गर्न सके मात्र दलहरूले जनताको मन जित्न सक्ने बताए। 

कार्यक्रममा संस्थामा महत्वपूर्ण योगदान पुर्यायको भन्दै प्रजातान्त्रिक विचार समाजका केन्द्रीय उपाध्यक्ष वासुदेव भण्डारीलाई सम्मान गरिएको थियो । अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुने विचार समाज कास्कीका अध्यक्ष वीरबहादुर कार्कीले जानकारी दिए ।  
 

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  ६ : ०९ बजे

देशको असहज अवस्थालाई स्थायित्वमा रूपान्तरण गर्नुपर्छ : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले जेनजी आन्दोलनपछि मुलुकमा देखिएको असहज अवस्थालाई

त्रिदेशीय मैत्रीपूर्ण महिला फुटबल : आज नेपाल र भारत भिड्ने

काठमाडौं– त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबल प्रतियोगितामा आज नेपाल र

संविधान अनुरूप सरकार सञ्चालन र लोकतान्त्रिक अभ्यासलाई मजबुत पार्नुपर्छ : राष्ट्रियसभा उपाध्याक्ष घिमिरे

काठमाडौं– राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले मुलुकमा संविधान अनुरू सरकार सञ्चालन

छठ पर्वले राष्ट्रिय एकता मजबुत बनाउन विशिष्ट भूमिका खेल्नेछ : राष्ट्रियसभा अध्यक्ष

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले छठ पर्वले सामाजिक, सांस्कृतिक सद्भाव

वन पैदावर बिक्री गरेर आठ करोड आम्दानी

तनहुँ– तनहुँका सामुदायिक वन समूहले वन पैदावर बिक्री गरेर ८