अफगानिस्तानमा गीत बजाएको आरोपमा १४ जना पक्राउ « Khabarhub

अफगानिस्तानमा गीत बजाएको आरोपमा १४ जना पक्राउ


२७ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काबुल – अफगानिस्तानको उत्तरी क्षेत्रमा तालिबान अधिकारीहरूले सत्ता सम्हालेयता प्रतिबन्धित वाद्यवादन र गीत गाउने १४ जनालाई शुक्रबार पक्राउ गरेको प्रान्तीय प्रहरीले शनिबार जनाएको छ।

तालिवान सरकारले सन् २०२१ मा सत्ता कब्जा गरेदेखि नै इस्लामी कानुनप्रतिको उनीहरूको कठोर दृष्टिकोणलाई प्रतिबिम्बित गर्ने कानून र नियमहरू निरन्तर लागू गर्दै आएको छ।

प्रतिबन्धित गीत सङ्गितलाई सार्वजनिक रूपमा प्रत्यक्ष प्रदर्शनदेखि लिएर जमघटमा, रेस्टुरेन्टमा, कारमा वा रेडियो र टिभीमा बजाउनसमेत निषेध गरिएको छ ।

प्रहरीले एक विज्ञप्ति जारी गर्दै बिहीबार राति उत्तरी तखार प्रान्तको राजधानीमा ‘रातको समयको फाइदा उठाउँदै’ एक आवासीय घरमा भेला भई चौध जनाको एक समूहले बाजा बजाइरहेका थिए र गीत गाइरहेका थिए । प्रशासनले ती गीतले जनतामा अशान्ति पैदा गरेको आरोप लगाइएको छ ।

पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको बताइएको छ । तालिबानले अफगानिस्थानको सत्ता आफ्नो कब्जामा लिएपछि अधिकारीहरूले सङ्गीत विद्यालयहरू बन्द गरेका थिए र सङ्गीतले ‘नैतिक भ्रष्टाचार’ र सार्वजनिक अशान्ति निम्त्याएको भन्दै वाद्ययन्त्र र ध्वनि प्रणालीहरू भाँच्ने फुटाउने वा जलाउने गरेका थिए।

विवाह घरहरूमा अहिलेसङ्गीत बजाउन अनुमति छैन तर अलग–अलग महिला समूहहरू प्रायः गोप्य रूपमा भेला भई गीत सङ्गीतको आनन्द लिने गर्छन् ।

अफगानिस्तानमा आफ्नो जीविकोपार्जन गुमाएपछि धेरै अफगानी सङ्गीतकर्मीहरू डरले वा कामको खोजीमा तालिवान प्रशाशित यस मुलुकबाट पलायन भएका छन् ।

तालिवान अधिकारीहरूले पूर्व सङ्गीतकारहरूलाई उनीहरूको अघिल्लो शासनमा १९९६–२००१ को शासनकालमा अनुमति दिइएको गीत सङ्गीत सिर्जना गर्न र आफ्नो प्रतिभालाई इस्लामी कवितातर्फ केन्द्रित गर्न वाश्लोकहरूमा इस्लाम मन्त्र समेट्न प्रोत्साहित गर्नेगरेका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  ८ : ३८ बजे

यी प्रदेशमा ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकप लिग-२: नेदरल्यान्ड्सको लगातार दोस्रो जित, नामिबिया ५८ रनले पराजित

काठमाडौँ – अलराउन्डर बास डि लिडेको उत्कृष्ट ९७ रनको मद्दत

लगातार तेस्रो वर्ष एमएलएस अल-स्टार गेम गुमाउँदै मेसी

मियामी – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसी र रोड्रिगो डि

कक्रोच विद्रोह: घुँडा टेक्न बाध्य भयो मोदी सरकार

नयाँ दिल्ली – चिकित्सा शास्त्रको स्नातक तह प्रवेश परीक्षाको प्रश्नपत्र

आजको विनिमय दर : अमेरिकी डलर कतिमा कारोबार भइरहेको छ ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर