युद्धविरामपछि पाकिस्तानी प्रधानमन्त्रीले भने : क्षेत्रीय शान्ति र स्थिरताको पक्षमा छौं | Khabarhub Khabarhub

युद्धविरामपछि पाकिस्तानी प्रधानमन्त्रीले भने : क्षेत्रीय शान्ति र स्थिरताको पक्षमा छौं


२७ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले भारत र पाकिस्तानबीच भएको युद्धविराम सहमतिप्रति प्रतिक्रिया दिएका छन्।

प्रधानमन्त्री शरीफले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘क्षेत्रीय शान्तिका लागि आफ्नो नेतृत्व र सक्रिय भूमिकाको लागि हामी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिन्छौं।’

उनीले थपेका छन्, ‘यस नतिजासम्म पुग्न मद्दत पुर्‍याएकोमा पाकिस्तानले अमेरिकाको सराहना गर्छ, र यसलाई हामीले क्षेत्रीय शान्ति र स्थिरताको हितमा स्वीकार गरेका छौं। हामी अमेरिकी उपराष्ट्रपति जेडी वेस र विदेशमन्त्री मार्को रुबियोलाई पनि दक्षिण एसियामा शान्तिका लागि पुर्‍याएको योगदानका लागि धन्यवाद दिन्छौं।’

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच तत्काल र पूर्ण संघर्षविराममा सहमति बनेको जानकारी सार्वजनिक गरेका थिए।

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  १० : २२ बजे

अलैँचीको मूल्य पाउँदा किसान उत्साहित

फुङ्लिङ– ताप्लेजुङका किसान यतिबेला अलैँची टिप्न व्यस्त छन् ।  टिपाइको मुख्य

गर्भवतीको समयमै हवाई उद्धार हुँदा …

खाँदबारी– सुत्केरी हुने क्रममा स्वास्थ्य अवस्था जटिल भएपछि सङ्खुवासभाको मकालु

कीर्तिपुर क्रिकेट मैदानको काम धमाधम, फ्लडलाइटको ६ वटै पोल उठाइयो (तस्बिरहरू)

काठमाडौं– कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको काम अहिले धमाधम भइरहेको छ

नर्भिकले बढायो नर्सहरूको तलब 

काठमाडौं– नर्भिक इन्टरनेसनल अस्पतालले आफ्ना नर्सिङ कर्मचारीहरूको पारिश्रमिकमा वृद्धि गरेको

प्रहरीले मनायो कुकुर तिहार (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रहरीले सेवा कुकुरसहित कुकुर तिहार पर्व मनाएको छ