सरकारले जनचाहनाअनुरुप काम गर्न नसकेको कांग्रेस नेता सिंहको आरोप « Khabarhub

सरकारले जनचाहनाअनुरुप काम गर्न नसकेको कांग्रेस नेता सिंहको आरोप


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विसं २०४६ को जनआन्दोलनका कमाण्डर स्व गणेशमान सिंहको बिहीबार २२औं स्मृति दिवस मनाइएको छ ।

गणेशमान सिंह फाउण्डेशनको आयोजनामा शोभाभगवतीमा आयोजना गरिएको कार्यक्रममा स्व सिंहको शालिकमा माल्यार्पण गरियो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं गणेशमानका छोरा प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्व सिंहको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । “स्व सिंह सङ्घर्षशील, त्यागी, लौहपुरुष, प्रजातान्त्रिक आन्दोलनलाई सहज ढङ्गले नेतृत्व गर्नसक्ने नेता हुनुहुन्थ्यो”, नेता सिंहले भने । पूर्वउपप्रधानमन्त्री सिंहले मुलुकमा विवादित अवस्थामा रहेका कम्युनिष्टलाई एक ठाउँमा ल्याउन सिंहको महत्वपूर्ण भूमिका रहेको बताए ।

एकदलीय शासन व्यवस्थामा विश्वास गर्ने कम्युनिष्टलाई बहुदलीय प्रजातन्त्रमा ल्याउन स्वर्गीय सिंहको महत्वपूर्ण योगदान रहेको छ”, उनले भने ।

वर्तमान सरकारले जनताको चाहना पूरा गर्न नसकेको उनको भनाइ छ । पार्टीका पूर्वमहामन्त्री सिंहले नेपाली कांग्रेस संस्थागत रुपमा अगाडि बढ्न नसकेको बताए । कांग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले स्व सिंहजस्तै व्यक्तिगत स्वार्थभन्दा मुलुकको स्वार्थलाई प्राथमिकता राखेमात्र देश विकास हुने बताए ।

कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँले गणेशमान सिंहले देखाएको बाटोलाई पार्टीले पछ्याउन नसकेको बताए । उनले गणेशमान सिंह पदका लागिभन्दा पनि राष्ट्रलाई केन्द्रमा राखेर अगाडि बढ्ने नेता भएको बताए । कार्यक्रममा विभिन्न जिल्लाका पार्टी सभापति, नेता तथा कार्यकर्ताले स्व सिंहको शालिकमा माल्यार्पण गरेका थिए ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  ९ : १५ बजे

उपराष्ट्रपतिद्वारा बङ्गलादेशको नयाँ सरकारलाई शुभकामना, सहकार्य सुदृढ हुने विश्वास

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बङ्गलादेशका राजदूत मो. शफिकुर

सभापतिको भूमिकामा फर्किँदै गगन, मंगलबार केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्ने

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मंगलबार बस्ने केन्द्रीय कार्यसमितिको

‘राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार’का लागि आवदेन खुला

काठमाडौं – राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कारका लागि आवेदन खुला

धावन मार्गमा विमान र एम्बुलेन्स ठोक्किँदा दुईजना पाइलटको मृत्यु

क्यानाडा– एयर क्यानाडाको जहाज विमानस्थलको रनवेमा दमकल र गाडीसँग ठोक्किँदा

निर्वाचन परिणामबारे आत्मसमीक्षा गर्न योगेश भट्टराईको आह्वान

काठमाडौं – नेकपा एमालेका नेता योगेश भट्टराईले हालै सम्पन्न प्रतिनिधिसभा