१० अर्ब बढीको कारोबार हुँदा साढे १२ अंकले घट्यो नेप्से « Khabarhub

१० अर्ब बढीको कारोबार हुँदा साढे १२ अंकले घट्यो नेप्से


२८ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साढे १२ अंकले घटेको छ । आज नेप्से १२.५३ अंककले घटेर २६४९.११ विन्दुमा पुगेको छ ।

आज नेप्से ०.४७ प्रतिशतले घट्दा १० अर्ब २० करोड २७ लाख रुपैयाँ बराबरको २ करोड ४० लाख ११ हजार १४ कित्ता शेयर कारोबार भएको छ ।

आज ८२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १६४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । आज कुनैपनि कम्पनीको शेयर मूल्य भने स्थीर छैन । आज ३०० वटा कम्पनी कारोबारमा आउदा ८८ हजार ९५५ पटक शेयर किनबेच भएको छ ।

आज १३ वटा समूह मध्ये ४ वटा समूह बढेको छ भने बाँकी ९ वटा समूह घटेको छ । आज विकास बैंक, होटल तथा पर्यटन, जिवन बीमा र ट्रेडिङ समूह बढेको छ । अन्य सबै समूह घटेको छ । आज सबैभनदा बढी होटल तथा पर्यटन ६.२४ प्रतिशतले बढेको छ भने सबैभन्दा कम जिवन बीमा ०.११ प्रतिशतले बढेको छ ।

आज बसैभन्दा बढी फाइनान्स समूह ३.३८ प्रतिशतले घटेको छ भने सबैभन्दा कम निर्जीवन बीमा ०.१४ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  ३ : ५९ बजे

राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण

काठमाडौं – निर्वाचन आयोग नेपालले आगामी माघ ११ गते हुने

प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान

काठमाडौं – प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले वामपन्थी, प्रगतिशील र लोकतान्त्रिक

एमाले महाधिवेशनमा भोट हाल्न तयार गणेश तिमल्सिनालाई तनाव, प्रतिनिधि कार्ड नै लुुकाइयो

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत मतदानको तयारीमा रहेका राष्ट्रिय सभाका

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी – नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

एपीएफ साफ महिला क्लब च्याम्पियनसिपको फाइनलमा

काठमाडौं – राजधानीमा जारी साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगितामा