नौ महिनामा झण्डै १२ खर्ब रेमिट्यान्स भित्रियो | Khabarhub Khabarhub

नौ महिनामा झण्डै १२ खर्ब रेमिट्यान्स भित्रियो


२८ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको नौ महिनामा नेपालमा झण्डै १२ खर्ब रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स आप्रवाहमा १० प्रतिशतले वृद्धि भएर ११ खर्ब ९१ अर्ब ३१ करोड रेमिट्यान्स भित्रिएको हो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भई ८ अर्ब ७४ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५.२ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १३०१ अर्ब ९४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ११७४ अर्ब ५४ करोड रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३,५८,२२२ र पुनः श्रम स्वीकृति लिनेको संख्या २,४९,६५२ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३,२७,८४२ र २,११,२२६ रहेको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  ५ : ०१ बजे

टेक्सासको बाढीले मर्नेको सङ्ख्या ६८ पुग्यो

टेक्सस – अमेरिकाको टेक्सासमा बाढीबाट मर्नेको सङ्ख्या बढी रहेको छ।

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल असार २३ गते सोमबार। असार

आज २०८२ साल असार २३ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २३ गते सोमबार। असार

एसीसी यू–१६ इस्ट जोनको उपाधि विजेता नेपाली टोलीस्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडाैं – एसीसी यू-१६ पुरुष इस्ट जोन कपको उपाधि जितेको