प्रदेश र स्थानीय तहको सहकार्यमा गाउँमै रोजगारी सिर्जना गर्छौंः मुख्यमन्त्री पाण्डे « Khabarhub

प्रदेश र स्थानीय तहको सहकार्यमा गाउँमै रोजगारी सिर्जना गर्छौंः मुख्यमन्त्री पाण्डे


२८ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश र स्थानीय सरकारको सहकार्यमा गाउँमै रोजगारी सिर्जना गरिने बताएका छन् । आज बागलुङमा आयोजित गण्डकी प्रदेशस्तरीय न्यायिक सम्मेलनमा उनले नागरिकलाई आयआर्जनसँग जोड्न स्थानीयस्तरमै रोजगार सिर्जना गर्नुपर्ने आवश्यकता रहेको औँल्याए ।

मुख्यमन्त्री पाण्डेले अब प्रदेशभित्रका पालिकामा बढी उत्पादन हुने वस्तुलाई प्राथमिकता दिएर जनशक्ति परिचालन गरिने बताए । “आगामी वर्षदेखि स्थानीय र प्रदेश सरकारको सहकार्यमा नागरिकलाई गाउँमै आयआर्जनसँग जोड्ने कार्यक्रम ल्याउँछौँ, रोजगारी सिर्जना गर्छौं । कुन पालिकामा के उत्पादन हुन्छ त्यसलाई प्राथमिकता दिएर काम गर्ने र जनशक्ति परिचालन गर्ने हाम्रो योजना छ”, उनले भने ।

प्रदेश सरकारले गाउँमा ठूलो लगानी गरेर पूर्वाधार निर्माण भए पनि त्यसको उपभोग गर्ने जनसङ्ख्या कम भएकाले गम्भीर भएर सोच्नुपर्ने बेला आएको मुख्यमन्त्री पाण्डेको भनाइ थियो ।

पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरेपछि पर्यटकको सङ्ख्या बढेको बताउँदै उनले पर्यटनमार्फत गण्डकीलाई समृद्ध बनाउन सकिने भएकाले पोखरा आउने पर्यटकलाई सबै जिल्लामा पु¥याउनका लागि आवश्यक पूर्वधार निर्माण र प्रचारप्रसारलाई जोड दिने प्रतिबद्धता व्यक्त गरे ।

मुख्यमन्त्री पाण्डेले जनताको घरदैलोमा आवश्यकताअनुसार न्यायको पहुँच पु¥याउन स्थानीय र प्रदेश सरकारको साझा जिम्मेवारी रहेको उल्लेख गरे । उनले स्थानीय तहका न्यायिक समितिलाई न्यायसम्पादनमा सघाउ पु¥याउन प्रदेश सरकारले सबै पालिकामा न्यायिक सहजकर्ताको व्यवस्थापन गरेकाले न्यायसम्पादन गर्दा कसैले प्रश्न नउठाउने गरी काम गर्न आग्रह गरे ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  ६ : ४३ बजे

मौसममा सुधार आएसँगै जनजीवन सामान्यतर्फ

बाजुरा– केही दिनदेखिको लगातार वर्षापछि मौसममा सुधार भएसँगै बाजुराको जनजीवन

दार्चुलाका किसानको गुनासो– ‘लटरम्म स्याउ फले, बिक्री हुँदैन’

दार्चुला– दार्चुलाको अपी हिमाल गाउँपालिका–३ पाथा र कसौती गाउँमा लटरम्म

हलमा टिकट काटेर हेर्नुपर्ने फिल्म सोझै मोबाइलमा !

चलचित्र हलमा नयाँ फिल्म रिलिज हुन्छ। दर्शक टिकट काटेर हल

मर्स्याङ्दीमा जलसतह  घट्यो, तत्काल बाढीको जोखिम छैन : जिल्ला प्रशासन

लमजुङ– वर्षाका कारण  मर्स्याङ्दी नदीमा बढेको पानीको सतह र बहाव

नारायणी पुलमा अड्किएको राइनो क्रुज निकाल्ने काम सुरु (तस्बिर)

चितवन– नारायणी नदीले बगाएर पुलको पिलरमा अड्किएको ‘राइनो क्रुज’ निकाल्ने