युवाशक्तिलाई सीप र उद्यमशीलतासँग जोड्नुपर्छ : मुख्यमन्त्री लामा « Khabarhub

युवाशक्तिलाई सीप र उद्यमशीलतासँग जोड्नुपर्छ : मुख्यमन्त्री लामा


२८ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

बागमती – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले युवाशक्तिलाई सीप र उद्यमशीलतासँग जोड्नुपर्ने बताएका छन् ।

हेटौँडामा आजदेखि सुरु भएको बागमती प्रदेश युवा सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री लामाले युवा शक्तिलाई सीप र उद्यमशीलतासँग जोड्न सकिए मात्र मुलुकमा आर्थिक समृद्धि हासिल गर्न सकिने भएकाले युवाहरुलाई उद्यमशीलतासँग जोड्नुपर्नेमा जोड दिए ।

युवा रोजगारीकै लागि विदेसिँदा मुलुकमा युवा जनशक्तिको अभाव बढ्दै गएको उल्लेख गर्दै उनले युवालाई स्वदेशमै रोजगारी सृजना गर्न प्रदेश सरकार प्रयत्नशील रहेको बताए ।

कार्यक्रममा बागमती प्रदेश युवा परिषद्का कार्यकारी अध्यक्ष सन्तोष चौलागाईंले सरकार र युवालाई जोड्न परिषद्ले पुलको भूमिका निर्वाह गरिरहेको बताउँदै युवालाई बजेट निर्माण, कानुन निर्माण र अन्य सरकारी कार्यहरुमा समावेश गराउन सरकारसँग आग्रह गरे ।

प्रदेश सरकारले युवा सशक्तिकरणमा कानुन निर्माण गरेर उदाहरणीय कार्य गरेको उल्लेख गर्दै कार्यकारी अध्यक्ष चौलागाईंले युवाहरुलाई कृषि, शिक्षा, व्यवसायलगायत क्षेत्रमा सहभागी गराउनुपर्नेमा जोड दिए।

तीन दिनसम्म सञ्चालन हुने युवा सम्मेलनमा उद्यमशीलता, साइबर सुरक्षा चुनौती, दिगो विकास तथा जलवायु परिवर्तनमा युवाको भूमिका, रोजगार सिर्जना, कृषि, शिक्षा, सीप तथा नवप्रवर्तन, सम्पदा भ्रमणलगायतका विषयमा समूहगत छलफल गरिने बताइएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  ९ : १४ बजे

नोभा ब्रान्डको आइसक्रिम अयोग्य, बजारबाट फिर्ता लैजान विभागको निर्देशन 

काठमाडौं-खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पोखरा औद्योगिक क्षेत्रमा रहेको

भारतले दुई वर्षपछि बढायो पेट्रोल-डिजेलको मूल्य

नयाँदिल्ली- भारतमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ३–३ रुपैयाँले बढाइएको

यान्त्रिक अवस्था ठीक नभएका १७ सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं– काठमाडौँ उपत्यकामा सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षालाई प्रभावकारी

पेशाकर्मीलाई अपराधीकै शैलीमा नियन्त्रणमा लिँदा बैंकिङ क्षेत्र त्रसित : सीबीफीन

काठमाडौं– पेशाकर्मीलाई अपराधीकै शैलीमा नियन्त्रणमा लिँदा बैंकिङ क्षेत्र त्रसित भएको

भारत र यूएईबीच एलपीजी ग्यास आपूर्ति सम्झौता, मोदीलाई एफ-१६ फाइटर जेटले दिए सुरक्षा

नयाँ दिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यूएई भ्रमणका क्रममा शुक्रबार