युवाशक्तिलाई सीप र उद्यमशीलतासँग जोड्नुपर्छ : मुख्यमन्त्री लामा | Khabarhub Khabarhub

युवाशक्तिलाई सीप र उद्यमशीलतासँग जोड्नुपर्छ : मुख्यमन्त्री लामा


२८ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

बागमती – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले युवाशक्तिलाई सीप र उद्यमशीलतासँग जोड्नुपर्ने बताएका छन् ।

हेटौँडामा आजदेखि सुरु भएको बागमती प्रदेश युवा सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री लामाले युवा शक्तिलाई सीप र उद्यमशीलतासँग जोड्न सकिए मात्र मुलुकमा आर्थिक समृद्धि हासिल गर्न सकिने भएकाले युवाहरुलाई उद्यमशीलतासँग जोड्नुपर्नेमा जोड दिए ।

युवा रोजगारीकै लागि विदेसिँदा मुलुकमा युवा जनशक्तिको अभाव बढ्दै गएको उल्लेख गर्दै उनले युवालाई स्वदेशमै रोजगारी सृजना गर्न प्रदेश सरकार प्रयत्नशील रहेको बताए ।

कार्यक्रममा बागमती प्रदेश युवा परिषद्का कार्यकारी अध्यक्ष सन्तोष चौलागाईंले सरकार र युवालाई जोड्न परिषद्ले पुलको भूमिका निर्वाह गरिरहेको बताउँदै युवालाई बजेट निर्माण, कानुन निर्माण र अन्य सरकारी कार्यहरुमा समावेश गराउन सरकारसँग आग्रह गरे ।

प्रदेश सरकारले युवा सशक्तिकरणमा कानुन निर्माण गरेर उदाहरणीय कार्य गरेको उल्लेख गर्दै कार्यकारी अध्यक्ष चौलागाईंले युवाहरुलाई कृषि, शिक्षा, व्यवसायलगायत क्षेत्रमा सहभागी गराउनुपर्नेमा जोड दिए।

तीन दिनसम्म सञ्चालन हुने युवा सम्मेलनमा उद्यमशीलता, साइबर सुरक्षा चुनौती, दिगो विकास तथा जलवायु परिवर्तनमा युवाको भूमिका, रोजगार सिर्जना, कृषि, शिक्षा, सीप तथा नवप्रवर्तन, सम्पदा भ्रमणलगायतका विषयमा समूहगत छलफल गरिने बताइएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  ९ : १४ बजे

कर्णाली राजमार्ग दैनिक आठ घण्टा बन्द हुने 

सुर्खेत– कर्णाली राजमार्ग दैनिक आठ घण्टा बन्द हुने भएको छ

हावाहुरीले केराखेतीमा ५१ लाखको क्षति

बनियानी– झापाको बाह्रदशी गाउँपालिकामा वर्षासँगै आएको हावाहुरीले केराखेतीमा लाखौँको क्षति

मेलम्ची र हेलम्बु क्षेत्रको पुनःनिर्माण गछौँ : मन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सिन्धुपाल्चोकको मेलम्ची र

पर्यटन प्रवर्धन गर्दै चतरा हाइकिङ

काठमाडौं – धार्मिक तीर्थको केन्द्र वराहक्षेत्रका ऐतिहासिक, पुरातात्विक र धार्मिक

अमेरिका र चीनबीच व्यापार सम्झौतामा हस्ताक्षर

काठमाडौं– स्वीट्जरल्याण्डको जेनेभामा अमेरिका र चीनबीच व्यापार सम्झौतामा हस्ताक्षर भएको