१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण | Khabarhub Khabarhub

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण


२८ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १० जना पर्वतारोहीले आरोहण गरेका छन् । आठ हजार ५८६ मिटर उचाइको यो शिखर चुम्नेमा पाँचजना अन्तरराष्ट्रिय पर्वतारोही तथा पाँचजना नेपाली छन् ।

आरोहण गर्नेहरूमा कोसोभोकी फ्लुतुरा इब्राहिमी, बेलायती नागरिक एड्रियन माइकल हेस, इरानका अलिरेजा बेहपुर र सेयदमिदरजा हाशेमी तथा संयुक्त अरब इमिरेट्सका सइद अल्मेमारी रहेका छन् ।

यसैगरी, नेपाली शेर्पाहरू ल्हाक्पातेम्बा शेर्पा, ङिमादोर्ची शेर्पा, फुरसोना शेर्पा, ग्यालु शेर्पा र छाङ्वा शेर्पाले पनि सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सका प्रबन्धक थानेश्वर गुरागाईंले जानकारी दिए।

आरोही सबै जना सेभेन समिट ट्रेक्सबाट गएका थिए । उनका अनुसार शनिबार दिउँसो टोलीले शिखर मार्ग सुरक्षित गर्दै सफलतापूर्वक आरोहण सम्पन्न गरेको हो ।

टोलीले शुक्रबार साँझ शिविर ४ बाट शिखरतर्फको अन्तिम यात्रा सुरु गरेको थियो । अन्तिम खण्डमा करिब ३५० मिटरभन्दा बढी डोरी फिक्स गर्दै टोलीले चुचुरो पुग्ने मार्ग तय गरेको थियो ।

यसअघि एलिट एक्सपेडको आठ सदस्यीय फिक्सिङ टोलीले आधार शिविरदेखि करिब आठ हजार ४०० मिटर उचाइसम्मको मार्गमा डोरी फिक्स गर्दै शिखर मार्ग सुरक्षाको जिम्मेवारी पूरा गरेको थियो ।

सोही तयारीपछि मुख्य आरोहण टोलीले अन्तिम प्रयासमार्फत कञ्चनजङ्घाको चुचुरोमा पाइला टेक्न सफल भएको हो ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  ९ : ५० बजे

जलवायु परिवर्तनको असर : बाह्रै महिना डेङ्गुको सङ्क्रमण देखिँदै

कञ्चनपुर–  गर्मी र वर्षात्को समयमा मात्र देखिने डेङ्गु सुदूरपश्चिममा बाह्रै

इरानका सर्वोच्च नेताले भने- अमेरिकी आक्रमणले आणविक केन्द्र बिग्रिएको छैन

इरान- युद्धविराम भएपछि पहिलो पटक सार्वजनिक रूपमा प्रतिक्रिया व्यक्त गर्दै

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल असार १३ गते शुक्रबार। असार

आज २०८२ साल असार १३ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १३ गते शुक्रबार। असार