साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश « Khabarhub

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश


२८ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । आजको भएको खेलमा श्रीलंकालाई फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।

युपिस्थित गोल्डेन जुब्ली स्टेडियममा नेपालले श्रीलंकालाई ५–० गोल अन्तरले पराजित गर्यो । नेपालका लागि सुजन डंगोल, धर्वेन्द्र कुँवर, सुवास बम, विज्ञान खड्का र लछु थापाले एक एक गोल गरे ।

नेपालले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । पहिलो हाफको अन्तिम मिनेटमा नेपालका लागि धवेन्द्रले गोल गरेका थिए । खेलको ६१ औं मिनेटमा सुवास बमले गोल गर्दै अग्रता दोब्बर बनाए । त्यस्तै ७७ मिनेटमा सुवासले गोल गरे । त्यस्तै ९० र्औ मिनेटमा बिज्ञान र इन्जुरी समयमा लछुले गोल गरे ।

समूह ‘बी’बाट भारत र नेपाल एक खेल अघि नै सेमिफाइनल प्रवेश गरेका हुन् । यसअघि भारतले श्रीलंकालाई ८–० को फराकिलो अन्तरले पराजित गरेको थियो । समुह बीमा गोल अन्तरका आधारमा भारत पहिलो र नेपाल दोस्रो स्थानमा छन् । श्रीलंका अंकबिहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

अब मंगलबार नेपाल र भारतबीच प्रतिस्पर्धा हुने । उक्त खेलको बिजेता समुहको शीर्ष स्थानमा रहने टोलीको टुंगो लाग्ने छ ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  १० : ०३ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु