इंग्लिस प्रिमियर लिग : न्यु क्यासलसँग चेल्सीको हार « Khabarhub

इंग्लिस प्रिमियर लिग : न्यु क्यासलसँग चेल्सीको हार


२९ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा न्यु क्यासल युनाइटेडसँग चेल्सी स्तब्ध बनेको छ । आइतबार राति भएको खेलमा न्यु क्यासलले चेल्सीलाई २–० गोलले हराएको हो ।

चेल्सीका लागि सान्ड्रो  ट्रोनालीले खेलको दोस्रो मिनेटमै गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ९०औँ मिनेटमा ब्रुमो गुइमारेसले एक गोल थप्दै चेल्सीलाई २–० गोलको जित दिलाए ।

खेलको ३६औँ मिनेटमा निकोलस ज्याक्सनले रातो कार्ड पाएर बाहिरिएपछि चेल्सी १० खेलाडीमा सीमित भएको थियो ।

यो जितसँगै ३६ खेलबाट ६६ अङ्क जोडेको न्यु क्यासल तालिकाको तेस्रो स्थानमा रहेको छ । पराजित भएको चेल्सी समान खेलबाट ६३ अंकका साथ पाँचौँ स्थानमा छ ।  

आइतबार भएका अन्य खेलमा वेस्टहामले म्यानचेस्टर युनाइटेडलाई २–० तथा क्रिस्टल प्यालेसले टोटनहम हट्सपरलाई २–० ले हराए ।

नटिङ्घम फरेस्ट र क्रिस्टल प्यालेसले २–२ गोलको बराबरी खेले । 

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ७ : ०२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै