सजिवनको सुप खाँदाका फाइदा के-के छन् ? | Khabarhub Khabarhub

सजिवनको सुप खाँदाका फाइदा के-के छन् ?


२९ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


957
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सजिवन स्वास्थ्यका लागि राम्रो मानिन्छ । यसमा प्राकृतिक पोषकतत्व प्रशस्त पाइन्छ । सजिवनलाई मोरिङ्गासमेत भन्ने गरिन्छ ।

सजिवन सामान्यतया तरकारीको रूपमा खाने गरिन्छ । तर तपाईँले यसको सुप बनाएर पिउनु भयो भने यसले अद्भूत स्वास्थ्य लाभहरू प्रदान गराउनका साथै रोग लाग्नबाट बचाउन समेत मद्दत गर्दछ ।

मेडिकल न्यूज टुडेको रिपोर्ट अनुसार सजिवन पोषक तत्वले भरिपूर्ण तरकारी हो । यसमा भिटामिन ‘सी’, भिटामिन ‘ए’, भिटामिन ‘ई’, क्याल्सियम, आइरन, पोटासियम, म्याग्नेसियम र फाइबर प्रशस्त मात्रामा पाइन्छ ।

यसमा पाइने एन्टिअक्सिडेन्टले शरीरलाई फ्री रेडिकलबाट बचाउँछ भने फाइबरले पाचन प्रणालीलाई स्वस्थ राख्छ । सजिवनमा राम्रो मात्रामा प्रोटिन पनि पाइन्छ, जुन हाम्रो शरीरको लागि धेरै महत्त्वपूर्ण पोषक तत्व हो ।

सजिवनका फाइदा
– सजिवन अर्थात सजिवनमा राम्रो मात्रामा क्याल्सियम हुन्छ । यसको सुप सेवन गर्नाले हड्डीलाई मजबुत बनाउँछ । क्याल्सियमले राम्रो हड्डीको घनत्व कायम राख्छ र ओस्टियोपोरोसिस जस्ता हड्डी सम्बन्धित रोगहरूको जोखिम कम गर्छ । यसको सुप पिउनाले हड्डी कमजोर हुने र जोर्नी दुख्ने समस्याबाट राहत मिल्छ ।

– सजिवनको सुप रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन धेरै प्रभावकारी हुन सक्छ। सजिवनमा भिटामिन ‘सी’ र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ, जसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ । भिटामिन सीले शरीरलाई सङ्क्रमण र रोगसँग लड्न मद्दत गर्छ जबकी एन्टिअक्सिडेन्टले कोशिकाहरूलाई फ्री रेडिकलबाट हुने क्षतिबाट जोगाउँछ । 

– सजिवनमा राम्रो मात्रामा फाइबर हुन्छ, जसले पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्छ । फाइबरले आन्द्रा सफा राख्न मद्दत गर्छ र कब्जियतको समस्याबाट राहत दिन्छ । यसले खानेकुराको पाचन सुधार गर्छ । साथै, अपच र एसिडिटीजस्ता पेटसम्बन्धी विकारहरूलाई कम गर्छ । नियमित रूपमा सजिवनको सुप पिउनाले पाचन प्रणालीलाई बलियो बनाउँछ ।

– सजिवनको सुप कलेजोका लागि निकै फाइदाजनक मानिन्छ । सजिवनले कलेजोलाई हानिकारक विषाक्त पदार्थहरूबाट बचाउन मद्दत गर्छ र कलेजोको कार्यप्रणालीमा सुधार गर्छ । यसमा पाइने क्याल्सियम, आइरन र भिटामिन ‘सी’ जस्ता पोषक तत्वले बालबालिका र किशोरकिशोरीको विकासका लागि फाइदाजनक हुन्छ । यी पोषक तत्वहरूले शरीरको सामान्य विकासमा महत्त्वपूर्ण भूमिका खेल्छन् ।

– सजिवन सूप मधुमेहका बिरामीका लागि पनि फाइदाजनक हुन्छ । यसमा पाइने फाइबर र एन्टिअक्सिडेन्टले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ । यसले इन्सुलिन संवेदनशीलता सुधार गर्छ र रगतमा चिनीको अचानक वृद्दी कम गर्छ । यस बाहेक यो सुप श्वासप्रश्वासको समस्याबाट छुटकारा दिन पनि प्रभावकारी साबित हुन सक्छ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  १२ : ४६ बजे

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्छ : उपेन्द्र यादव

 मोरङ– जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले जनताले

बङ्गलादेशमा चट्याङ लागेर १४ जनाको मृत्यु

ढाका– बङ्गलादेशका विभिन्न क्षेत्रमा आएको आँधी र चट्याङका कारण कम्तीमा

गोरखानाथ मन्दिरमा सवा लाख रोट महोत्सव 

गोरखा– प्रसिद्ध धार्मिकस्थलका रूपमा रहेको गोरखाको गोरखनाथ मन्दिरमा आजदेखि सवा

‘वन संरक्षणका साथै काठको सदुपयोग गर्नेतर्फ ध्यान दिन जरुरी’

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन संरक्षणका साथै