प्रचण्डको गुनासो- सरकारले कर्णालीमाथि अपमान गर्‍यो « Khabarhub

प्रचण्डको गुनासो- सरकारले कर्णालीमाथि अपमान गर्‍यो


२९ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

सुर्खेत–  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकारले नीति तथा कार्यक्रममा कर्णाली प्रदेशमाथि देखाएको व्यवहारप्रति असन्तुष्टि जनाएका छन् छन् ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा सोमबारबाट सुरु भएको पार्टीको भातृ संगठन वाइसीएल (योङ कम्युनिस्ट लिग)कर्णाली प्रदेश समितिको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै कर्णालीमाथिको अपमान सहन नसकिने चेतावनी दिएका हुन् ।

अध्यक्ष प्रचण्डले वर्तमान सरकारले ‘कर्णाली समृद्धि कार्यक्रम’ हटाएर यस प्रदेशका जनतामाथि फेरि विभेद, अपमान र अन्याय गर्न खोजेको बताए । ‘खबरदार! यसमा हामी कर्णाली जनतासँग मिलेर सरकारको यो रवैयाको विरोध गर्छौं,’ उनले भने ।

यस्तै माओवादी केन्द्र समाजवादी अभियानमा रहेको बताउँदै सो अभियानलाई अझ तीव्र बनाउने घोषणासमेत गरे ।

उनले भने, ‘हामी सरकारको नेतृत्वमा रहँदा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल र नेपाली जनताको इज्जत र प्रतिष्ठा बढाउन काम गर्यौं। चीनसँगको सहकार्यबाट कर्णाली लगायत देशको उत्तरी सीमामा रहेका नागरिकका लागि आर्थिक अवसरको ढोका खोल्ने पहल गरियो।’उनले जनयुद्धकालमा कर्णालीको भूमिकालाई स्मरण गर्दै भने, ‘जनयुद्ध सुरु हुँदा हामीसँग दुईटा मात्र हतियार थिए। कर्णालीका योद्धाहरूले राज्यका हतियार कब्जा गरेर पार्टीलाई बुझाएपछि हामीसँग आवश्यक सम्पूर्ण हतियार भए।’ 

कर्णाली क्षेत्र नेपाली क्रान्तिको ऐतिहासिक केन्द्र भएको भन्दै उनले प्रदेशको समृद्धिका लागि माओवादी नेतृत्वले सधैँ प्राथमिकता दिएको उल्लेख गरे।

अध्यक्ष प्रचण्डले वर्तमान सरकार भ्रष्टाचार र दलाली प्रवृत्तिलाई संरक्षण गर्ने र इमानदार प्रयासलाई दण्डित गर्ने दिशामा गएको टिप्पणी गरे। 

पार्टीले जनता र आफ्नो वर्गसँग सम्बन्ध सुधारका लागि केन्द्रीय समितिबाट निर्णय गरेर जनतासँग माओवादी अभियान अघि सारेको उल्लेख गर्दै, तराई–मधेस अभियान सकेसँगै मध्यपहाडी लोकमार्ग अभियान पुनः सुरु गरिएको जानकारी दिए । उनले समाजवादी गणतन्त्र निर्माणका लागि सबै तह र समुदायको सक्रिय भूमिका आवश्यक रहेकोले कर्णालीका जनताले यसमा साथ दिने विश्वास व्यक्त गरे ।

अध्यक्ष प्रचण्डले माओवादी केन्द्र संविधान संशोधनको पक्षमा रहेको उल्लेख गर्दै दलित, महिला, मधेसी, थारू, मुस्लिम र आदिवासी जनजातिलाई समेट्दै समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न संविधान संशोधन आवश्यक रहेको बताए।

सम्मेलनमा कर्णाली प्रदेशका १० वटै जिल्लाबाट वडास्तरका ७१८ जना प्रतिनिधिहरू सहभागी छन्। दुई दिनसम्म चल्ने सम्मेलनमा सांगठनिक सुदृढीकरण, राजनीतिक प्रशिक्षण, र भावी कार्ययोजनाबारे छलफल हुनेछ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ५ : ३९ बजे

हेटौँडा–ढल्केवर प्रसारण लाइन निर्माणले गति लियो

काठमाडौं– लामो समयदेखि स्थानीयको असन्तुष्टिका कारण रोकिँदै आएको ‘हेटौँडा–ढल्केवर–दुहवी ४००

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको महानिर्देशकमा डा. वासुदेव उपाध्याय

काठमाडौं– सरकारले आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको महानिर्देशकको जिम्मेवारी डा.

राष्ट्रिय अनुसन्धान विभाग फेरि प्रधानमन्त्री कार्यालयकै मातहत

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहतमा

पर्यटकीय आकर्षण बन्दै थारु सांस्कृतिक संग्रहालय (तस्बिरहरू) 

दाङ– थारु समुदायको इतिहास, संस्कृति र परम्परालाई संरक्षण तथा प्रवर्द्धन गर्ने

गौँथलीको दुई पोस्टर सार्वजनिक

काठमाडौं – डा. कपिल रिलाज निर्देशित फिल्म ‘गौँथली’को दुई पोस्टर