गाउँगाउँमा राष्ट्रिय परिचयपत्र शिविर « Khabarhub

गाउँगाउँमा राष्ट्रिय परिचयपत्र शिविर


२९ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


750
Shares
  • change font
  • change font
  • change font

अदानचुली– राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालयको टोली गाउँगाउँमा पुगेको छ । 

पछिल्लो समय सरकारले सबै निकायमा राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरेपछि जिल्ला प्रशासनको आग्रहमा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको टोलीले जिल्लाको तल्लो क्षेत्र ताँजाकोटबाट शिविर सञ्चालन गरेको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रबहादुर चन्दले बताए। 

यही वैशाख २८ गते आइतबारबाट सुरु गरिएको राष्ट्रिय परिचयपत्रको विवरण प्रविष्ट गर्नेसम्बन्धी सेवा गाउँगाउँमा पुर्‍याएर हुम्ली बासी आमाबुवा, दिदी बहिनी तथा दाजुभाइका घरदैलोमा सेवा प्रदान गर्न शिविर सञ्चालन गरिएको उनले बताए ।

उक्त शिविर जिल्लाका सात वटै गाउँपालिकामा सञ्चालन गर्ने भएकाले राष्ट्रिय परिचयपत्र नभएका सबै नागरिकले आवश्यक पर्ने सक्कलै कागजात दुरुस्त गरी तयारी अवस्थामा रहन अनुरोध गरिएको छ । 

कुन गाउँपालिकामा कति दिन बस्ने भन्ने कार्यतालिका नभए पनि गाउँपालिकाको आवश्यकताका आधारमा शिविर सञ्चालन गर्ने जनाइएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ६ : ३० बजे

कोरला सडकमा पाँच वटा पुल निर्माणका लागि स्रोत सहमति

मुस्ताङ– उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला)सडक आयोजनाअन्तर्गत पाँच वटा पुल

जेन-जी प्रतिनिधिले गरे संविधान संशोधन छलफल बहिष्कार : सरकारलाई ६ बुँदे चेतावनी

काठमाडौं– जेन–जी जनआन्दोलनका प्रतिनिधिहरूले सरकारले आयोजना गरेको संविधान संशोधनसम्बन्धी छलफलमा

मेची-महाकाली उद्धार यात्राबाट ४८ सडकआश्रित मानव उद्धार

धरान– मानवसेवा आश्रम तथा आनी छोइङ डोल्मा फाउन्डेसनद्वारा संयुक्त रूपमा

अन्तर्राष्ट्रिय परिवार दिवस आज मनाइँदै

काठमाडौं– दिगो विकास, सामाजिक समावेशिता र परिवारको सशक्त भूमिकामा केन्द्रित

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं–  स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा घटेको छ । सुन