पाकिस्तानलाई मोदीको चेतावनी : आणविक ‘ब्लाकमेल’ स्वीकार्य छैन | Khabarhub Khabarhub

पाकिस्तानलाई मोदीको चेतावनी : आणविक ‘ब्लाकमेल’ स्वीकार्य छैन


२९ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कुनै किसिमको आणविक ‘ब्लाकमेल’ सह्य नहुने चेतावनी दिएका छन् । सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले पाकिस्तानलाई आफ्नो मुलुकले कुनै किसिमको आणविक ब्लाकमेल नसहने चेतावनी दिएका हुन् ।

उनले ‘पानी र रगत एकसाथ नबग्ने’ दोहो¥याउँदै आणविक हतियारको आवरणमा आतंकवादलाई स्वीकार गर्न नसकिने समेत उल्लेख गरे । प्रधानमन्त्री मोदीले पाकिस्तानसँग पाकिस्तान–अधिनस्थ कश्मीर र आतंकवादका विषयमा मात्रै कुरा हुने उल्लेख गरे ।

प्रधानमन्त्री मोदीले जसरी आतंककारीले आफ्ना दिदीबहिनीको सिन्दुर उजाडेका थिए, त्यसैगरी भारतले पनि आतंकका मुख्यालयहरू ध्वस्त पारेको टिप्पणी गरे । भारतले गरेका आक्रमणमा १०० भन्दा बढी खतरनाक आतंककारी मारिएको पनि मोदीले दाबी गरे ।

भारत र पाकिस्तानबीच युद्धविराम भएको दुई दिनपछि प्रधानमन्त्री मोदीले राष्ट्रका नाममा सम्बोधन गरेका हुन् । यसअघि बुधबारमात्रै भारतले पाकिस्तानमा अपरेशन सिन्दुरका नाममा सैन्य कारवाही गरेको थियो ।

भारत प्रशासित जम्मु कश्मीरको पहलगाम क्षेत्रमा एक जना नेपालीसहित २६ जनाको ज्यान जानेगरी भएको आतंककारी आक्रमणपछि भारतले अपरेशन सिन्दुर सञ्चालन गरेको थियो ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ८ : ५७ बजे

अलैँचीको मूल्य पाउँदा किसान उत्साहित

फुङ्लिङ– ताप्लेजुङका किसान यतिबेला अलैँची टिप्न व्यस्त छन् ।  टिपाइको मुख्य

गर्भवतीको समयमै हवाई उद्धार हुँदा …

खाँदबारी– सुत्केरी हुने क्रममा स्वास्थ्य अवस्था जटिल भएपछि सङ्खुवासभाको मकालु

कीर्तिपुर क्रिकेट मैदानको काम धमाधम, फ्लडलाइटको ६ वटै पोल उठाइयो (तस्बिरहरू)

काठमाडौं– कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको काम अहिले धमाधम भइरहेको छ

नर्भिकले बढायो नर्सहरूको तलब 

काठमाडौं– नर्भिक इन्टरनेसनल अस्पतालले आफ्ना नर्सिङ कर्मचारीहरूको पारिश्रमिकमा वृद्धि गरेको

प्रहरीले मनायो कुकुर तिहार (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रहरीले सेवा कुकुरसहित कुकुर तिहार पर्व मनाएको छ