एन्सेलोटीले रियल म्याड्रिड छाडेर ब्राजिलको राष्ट्रिय टोली हेर्ने   « Khabarhub

एन्सेलोटीले रियल म्याड्रिड छाडेर ब्राजिलको राष्ट्रिय टोली हेर्ने  


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

रियो द जेनेरियो– ब्राजिलको राष्ट्रिय टोली सम्हाल्नका लागि कार्लोस एन्सेलोटीले स्पेनिस क्लब रियल म्याड्रिड छाड्ने भएका छन् ।

यस सिजनको ला लिगाको समाप्तिसँगै २६ मे देखि एन्सेलोटीले ब्राजिलको टिम हेर्ने छन् ।

रियल म्याड्रिडलाई १५ उपाधि जिताउन सफल उनले गत सिजन च्याम्पियन्स लिग र ला लिगाको उपाधि दिलाएका थिए ।

यस सिजनमा रियल म्याड्रिड च्याम्पियन्स लिगबाट बाहिरिसकेको छ भने ला लिगा जित्ने सम्भावना पनि लगभग सकिएको छ । तीन खेल बाँकी रहँदा शीर्ष स्थानको बार्सिलोना भन्दा रियल म्याड्रिड ७ अङ्कले पछाडि छ । चार वर्षमा पहिलो पटक यो सिजन रियल म्याड्रिड ट्रफीविहीन हुने भएको छ ।

ब्राजिलियन फुटबल महासङ्घले जारी गरेको विज्ञप्तिमा एन्सेलोटी लिजेन्ड भएको उल्लेख गर्दै उनको प्रशिक्षणमा उल्लेख्य सफलता पाउने विश्वास गरेको जनाइएको छ ।

यस अघि ब्राजिलको टिम हेरिरहेका डोरिभल जुनियर अर्जेन्टिनासँग मार्चमा भएको खेलमा ४–१ गोलले हारेपछि हटाइएका थिए ।

सन् २०२६ को विश्वकप छनोटको दक्षिण अमेरिकी अङ्क तालिकामा ब्राजिल चौथो स्थानमा छ । एन्सेलोटीको प्रशिक्षणमा ब्राजिलले पहिलो खेल अर्को महिना खेल्ने छ । अर्को महिना विश्वकप छनोट अन्तर्गत ब्राजिलले इक्वेडर र पाराग्वेसँग खेल्ने छ । 

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ७ : ३९ बजे

विशेष महाधिवेशनका प्रतिनिधिको आवाजप्रति देउवा सकारात्मक : के छ सहमतिको आधार ?

काठमाडौं – नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश

काभ्रेको जनमुक्ति मार्ग तीब्र गतिमा निर्माण हुँदै 

धुलिखेल– काभ्रेपलाञ्चोकमा निर्माण भइरहेको जनमुक्ति मार्गलाई तीव्र गतिमा अगाडि बढाएको

दिक्तेल बजारको सडक ढलान सकियो, सौन्दर्यकरणको काम हुँदै

खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम

रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने

रौतहट– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य

कांग्रेस विशेष महाधिवेशन : कतिले हस्ताक्षर गरे, कति बाँकी छन् ?

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले