एन्सेलोटीले रियल म्याड्रिड छाडेर ब्राजिलको राष्ट्रिय टोली हेर्ने   « Khabarhub

एन्सेलोटीले रियल म्याड्रिड छाडेर ब्राजिलको राष्ट्रिय टोली हेर्ने  


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

रियो द जेनेरियो– ब्राजिलको राष्ट्रिय टोली सम्हाल्नका लागि कार्लोस एन्सेलोटीले स्पेनिस क्लब रियल म्याड्रिड छाड्ने भएका छन् ।

यस सिजनको ला लिगाको समाप्तिसँगै २६ मे देखि एन्सेलोटीले ब्राजिलको टिम हेर्ने छन् ।

रियल म्याड्रिडलाई १५ उपाधि जिताउन सफल उनले गत सिजन च्याम्पियन्स लिग र ला लिगाको उपाधि दिलाएका थिए ।

यस सिजनमा रियल म्याड्रिड च्याम्पियन्स लिगबाट बाहिरिसकेको छ भने ला लिगा जित्ने सम्भावना पनि लगभग सकिएको छ । तीन खेल बाँकी रहँदा शीर्ष स्थानको बार्सिलोना भन्दा रियल म्याड्रिड ७ अङ्कले पछाडि छ । चार वर्षमा पहिलो पटक यो सिजन रियल म्याड्रिड ट्रफीविहीन हुने भएको छ ।

ब्राजिलियन फुटबल महासङ्घले जारी गरेको विज्ञप्तिमा एन्सेलोटी लिजेन्ड भएको उल्लेख गर्दै उनको प्रशिक्षणमा उल्लेख्य सफलता पाउने विश्वास गरेको जनाइएको छ ।

यस अघि ब्राजिलको टिम हेरिरहेका डोरिभल जुनियर अर्जेन्टिनासँग मार्चमा भएको खेलमा ४–१ गोलले हारेपछि हटाइएका थिए ।

सन् २०२६ को विश्वकप छनोटको दक्षिण अमेरिकी अङ्क तालिकामा ब्राजिल चौथो स्थानमा छ । एन्सेलोटीको प्रशिक्षणमा ब्राजिलले पहिलो खेल अर्को महिना खेल्ने छ । अर्को महिना विश्वकप छनोट अन्तर्गत ब्राजिलले इक्वेडर र पाराग्वेसँग खेल्ने छ । 

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ७ : ३९ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल