पाकिस्तानले आक्रमण गरेको भनिएको पञ्जाबको आदमपुर एयरबेसमा पुगे मोदी | Khabarhub Khabarhub

पाकिस्तानले आक्रमण गरेको भनिएको पञ्जाबको आदमपुर एयरबेसमा पुगे मोदी


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- पाकिस्तानविरुद्ध भएको ‘अपरेसन सिन्दूर’बारे सोमबार देशवासीलाई सम्बोधन गरेर बताएपछि भारतीय प्रधानमन्त्री मोदी मंगलबार बिहान पञ्जाबको आदमपुर एयरबेसमा पुगेका छन् ।

त्यहाँ पुगेर प्रधानमन्त्री मोदीले वायुसेनाका जवानहरूसँग भेट गरेका छन् । सामाजिक सञ्जालमा आएका तस्वीरहरूमा प्रधानमन्त्री मोदी सेनाका जवानहरूमाझ देखिएका छन्।

प्रधानमन्त्री मोदीले आदमपुर एयरबेसको आफ्नो यात्राबारे सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक पोस्ट पनि शेयर गरेका छन् ।

गत हप्ता दुई देशबीच भएको सैन्य संघर्षमा पाकिस्तानी सेनाले भारतको आदमपुर एयरबेसमा हमला गरी मिसाइल डिफेन्स सिस्टम एस-४०० ध्वस्त पारेको दाबी थियो।

यद्यपि भारतीय सेनाले आदमपुर एयरबेसमा हमला गर्ने प्रयास भएको स्वीकार्दै तर त्यसलाई असफल बनाइएको जनाएको थियो ।

‘आज बिहान म एएफएस आदमपुर गएर हाम्रा वीर वायु योद्धा र सैनिकहरूलाई भेटेँ’, मोदीले भनेका छन्, ‘साहस, प्रतिबद्धता र निडरताका प्रतीक व्यक्तिहरूसँग समय बिताउनु एक अत्यन्त विशेष अनुभव रह्यो।’

उनले भारत सदैव हाम्रा सशस्त्र बलप्रति आभारी रहने बताए । उनीहरूले हाम्रो देशका लागि जुनसुकै कार्य गर्न पनि पछि नपर्ने उनको तर्क थियो ।

प्रेस ट्रस्ट अफ इन्डियाद्वारा जारी गरिएको एक भिडियोमा प्रधानमन्त्री मोदी सेनाका जवानहरूसँग कुराकानी गरिरहेको देखिएका छन् ।

गत मे ७ को बिहान साढे १ बजे पाकिस्तानभित्र भारतद्वारा गरिएका हवाई हमलापछि दुवै देशबीच तनाव बढेको थियो । जुन तनावलाई १० मेका दिन युद्धविराममार्फत् टुंग्याइएको थियो ।

त्यसपछि मोदीले सोमबार साँझ राष्ट्रलाई सम्बोधन गरेका थिए । ‘अपरेसन सिन्दूर’ अन्तर्गत भारतको सैन्य कारबाही हाललाई मात्र स्थगित गरिएको हो। आउने दिनहरूमा पाकिस्तानका हरेक कदमलाई यो मापदण्डमा राखेर जाँचिनेछ । उसले कस्तो व्यवहार अपनाउँछ, त्यसमा भारतीय कदम निर्भर हुनेछ’, उनले भनेका थिए ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  २ : ०९ बजे

अमेरिकी सरकारी सटडाउन अन्त्यतर्फ सिनेटको निर्णायक पहल

एजेन्सी– अमेरिकी इतिहासमा सबैभन्दा दीर्घकालीन सरकारी सटडाउन ४०औँ दिनमा पुग्दा

उन्नत जातका धानखेतीतर्फ आकर्षण किसान 

गलेश्वर– गुणस्तरभन्दा उत्पादनलाई प्राथमिकता दिँदै उन्नत जातको धानबालीतर्फ जिल्लाका किसान

बैतडी कारागारका कैदीबन्दीलाई स्थानान्तरण गरिँदै

बैतडी–  जिल्ला कारागारका सबै कैदीबन्दीलाई स्थानान्तरणको तयारी गरिएको छ ।

मुख्यमन्त्री नियुक्तिविरूद्ध कांग्रेससहित मधेशका सात दल सर्वोच्च जाने

जनकपुरधाम- मधेश प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई

आगलागीमा जलेर एक जनाको मृत्यु

महोत्तरी– मनराशिसवा नगरपालिका-१० मरूवाही बस्ने बिकाउ पासवानको गोठमा आइतबार राति आगलागी हुँदा