‘धुर्मुस-सुन्तलीलाई क्रिकेट स्टेडियममा हात नहाल्नू, दु:ख पाउँछौँ भनेको थिएँ’ « Khabarhub

‘धुर्मुस-सुन्तलीलाई क्रिकेट स्टेडियममा हात नहाल्नू, दु:ख पाउँछौँ भनेको थिएँ’


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनस्थित बहुचर्चित गौतम बुद्ध क्रिकेट स्टेडियम सरकारले बनाउने बताएका छन् ।

बनेपा नगरपालिका–१० भैँसेपाटीस्थित अत्याधुनिक चलचित्र छायाङ्कनस्थल (स्टुडियो) को बालुवाटारबाटै निर्माण घोषणा कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

करोडौं रुपैयाँ लाग्ने उक्त स्टेडियम निर्माणको प्रस्तावसहित आफूकहाँ आएका धुर्मुस-सुन्तलीलाई चन्दा उठाएर बनाउन नसकिने सुझाव दिएको पनि उनले बताए ।

‘चितवनमा गौतम बुद्ध क्रिकेट स्टेडियम बनाउँछौँ भन्दै धुर्मुस-सुन्तली उसबेला मकहाँ आएका थिए’, उनले भने, ‘तर मैले दु:ख पाइन्छ, त्यो क्रिकेट स्टेडियममा हात नहाल्नु भनेको थिएँ ।’

आफूलाई भेट्दाको समयमा उनीहरूले उक्त स्टेडियम चन्दा उठाएरै बनाउने बताएको पनि ओलीले सुनाए । ‘तर पनि बनाउँछौँ भनेर हात हाले, अहिले उनीहरूले धेरै दु:ख पाए’, उनले भने, ‘तर पनि गौतम बुद्ध क्रिकेट स्टेडियम बन्छ । हामी बनाउँछौँ, उक्त स्टेडियम सरकारले बनाउँछ ।’

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ३ : २७ बजे

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

आचारसंहिता अनुगमन गर्न ७७ वटै जिल्लामा खटाइयो अधिकृत

काठमाडौँ– निर्वाचन आयोगले ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत खटाएको