आदमपुर एअरबेस पुगेर मोदीले भने– आतंककारीलाई घरमै घुसेर मार्नेछौँ, कतै भाग्न दिनेछैनौँ | Khabarhub Khabarhub

आदमपुर एअरबेस पुगेर मोदीले भने– आतंककारीलाई घरमै घुसेर मार्नेछौँ, कतै भाग्न दिनेछैनौँ


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एक्कासी पञ्जाब राज्यको आदमपुर एअरबेस पुगेका छन् । मंगलबार उनी आदमपुर पुगेका हुन् ।

भारत र पाकिस्तानबीच युद्धविराम भएको केही दिनपछि प्रधानमन्त्री मोदीले एअरबेसको भ्रमण गरेका हुन् । वायुसेनालाई हौसला प्रदान गर्न प्रधानमन्त्री मोदी आदमपुर पुगेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

प्रधानमन्त्री मोदीको आदमपुर भ्रमणका क्रममा एउटा तस्बिर बाहिर आएको छ । उक्त तस्बिरमा मोदी एस ४०० हवाइ प्रतिरोधी प्रणालीअघि उभिएर सलाम गरिरहेको देखिन्छ ।

यसअघि पाकिस्तानी पक्षले भारतको एस ४०० प्रणाली ध्वस्त पारेको दाबी गरेको थियो । उक्त भ्रमणका क्रममा वायुसेनाका सैनिकलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले आतंककारी मात्र नभइ आतंकवादको समर्थन गर्ने पाकिस्तानी सेनालाई पनि भारतले कडा जवाफ दिएर आफ्नो शक्ति देखाएको बताए ।

उनले पाकिस्तानमा आतंककारीहरूले शान्तिको सास फेर्न सक्ने कुनै ठाउँ बाँकी नरहेको पनि दाबी गरे । उनले आतंककारी ‘घरमै घुसेर मार्ने’ र उनीहरुलाई कतै भाग्न नदिने समेत दृढता व्यक्त गरे ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ४ : ४२ बजे

श्रीलंकाका पूर्वराष्ट्रपति विक्रमासिङ्घे जमानतमा रिहा

एजेन्सी– पदमा रहँदा सार्वजनिक कोष दुरुपयोग गरेको आरोपमा पक्राउ परेका

बारामा शतप्रतिशत धान रोपाइँ सम्पन्न

कलैया– जिल्लामा चालु आर्थिक यस वर्षमा शतप्रतिशत वर्षे रोपाइँ भएको

शेयर बजारमा उछाल, आधा सेन्चुरीले बढ्यो नेप्से 

काठमाडौं– बुधबार शेयर बजारमा उछाल आएको छ । बुधबार नेपाल

मङ्सिरमा बाघ र गैँडा गणना गरिने 

चितवन– गत आर्थिक वर्षमा अन्तिम अवस्थामा दाताले सहयोग गर्न नसक्ने

ट्रम्पको दाबी, ‘मोदीलाई भनेको थिएँ, यति धेरै ट्यारिफ लगाउँछु कि तिम्रो टाउको घुम्‍नेछ’

वासिङ्गटन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक ट्यारिफ लगाउने धम्की