नेपालले आज नागाल्यान्डसँग प्रतिस्पर्धा गर्दै | Khabarhub Khabarhub

नेपालले आज नागाल्यान्डसँग प्रतिस्पर्धा गर्दै


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुवाहाटी–डाक्टर टि आओ अन्तराट्रिय फुटबल च्याम्पियनसिपमा आज (सोमबार) नेपालले समूह चरणको अन्तिम खेल नागाल्यान्डसँग खेल्दैछ । गुवाहाटीस्थित एलएनआईपीई रंगशालामा हुने खेलमा एन्फा यु २१ र नागाल्यान्ड सान्तवना जितको खोजिमा हुनेछन् ।

खेल नेपाली समयअनुसार बेलुका पौने ५ बजे शुरुहुनेछ । आइतबारको महत्वपूर्ण खेलमा एन्फा टोली मिजोरामसँग ३—० गोल अन्तरले पराजित भएपछि आजको खेल प्रतिष्ठाको खेलमात्रै हुनेछ ।

यसअघिका ४ खेलमा पहिलो खेलमा मेघालयसँग ३—२ ले पराजित भएपनि दोस्रो खेलदेखि लय समातेको एन्फा टोली आफ्नो चौथो खेलमा मिजोरामसँग सम्हालियर खेल्न नसक्दा ३—० ले पराजित हुन पुग्यो ।

त्यसअघि, एन्फा टोलीले दोस्रो खेलमा त्रिपुरालाई ८—०, तेस्रो खेलमा मनिपुरलाई ३—१ ले पराजित गर्दै उच्च लय समातेको थियो ।

‘मिजोरमविरुद्ध पहिलो हाफको सुरुको १५ मिनेट खेलाडीहरुले राम्रै खेलेका हुन् । तर, रेफ्रीले विना कुनै कारण पेनाल्टी दिँदा खेलाडीले केही दबाब महसुस गरे,’ मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले भने, ‘पहिलो गोल खाइसकेपछि पनि खेलाडीहरुले दोस्रो हाफमा लय समातिसकेका थिए । यसमा पनि रेफ्री नै बाधक बने । रेफ्रीले गलत निर्णय गर्दै मिजारामलाई दोस्रो पेनाल्टी दिए । त्यसपछि खेलाडीहरुको मनोबल कमजोर बन्यो । खेल लयमा फर्कन पाएन ।’

त्यसो त, सोमबारको खेल एन्फा टोली र मिजोरामविरुद्ध खेलमा केही समय विवाद पनि भएको थियो ।

दोस्रो हाफमा मिजोरामले खेलाडी सब्स्टीचयुट गर्दा बेञ्चबाट मैदान छिर्ने खेलाडी मैदान प्रवेश गरिसकेपछि पनि मैदानबाट निस्किनु पर्ने खेलाडी मैदानमै रहेपछि झण्डै २ मिनेट मिजोरामका १२ खेलाडी मैदानमा रहेका थिए ।

पछि आयोजकले एन्फा टोलीका टिम म्यानेजरलाई गल्ती भेटिए रेफ्रलाई कारबाही गछौं भनेपछि खेल सुरुभएको थियो ।

४ खेलमा २ जित २ हार बेहोरेको नेपालको सेमिफाइनल यात्रा टुङ्गीसकेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  ९ : ४८ बजे

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते

हुम्ला– मुगुमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

जबरस्ती करणी मुद्दामा कारागारबाट छुटेकै दिन राति श्रीमतीको हत्या

काठमाडौं – जबरजस्ती करणी मुद्दामा कारागारबाट छुटेका एक व्यक्तिले छुटेकै

बलिउड अभिनेता धर्मेन्द्र देवलको निधन

काठमाडौं– भारतीय सिनेमाका कुनै बेला सर्वाधिक ‘ह्यान्डसम म्यान’ र ‘हिम्यान’

सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का तोड्ने तयारी

काठमाडौं– राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध (हेडवर्क्स),

एमालेले आज ७५३ वटै पालिकामा जनप्रदर्शन गर्दै

काठमाडौं– नेकपा एमालेको जनपरिचालन कार्यक्रम अन्तर्गत आज मुलुकका ७५३ वटै