भारतलाई पाकिस्तानको जवाफ- फेरि अर्को कुनै गल्ती नहोस् « Khabarhub

भारतलाई पाकिस्तानको जवाफ- फेरि अर्को कुनै गल्ती नहोस्


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


927
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पीएम मोदीको राष्ट्रका नाम सम्बोधनमा उठाइएका दाबीहरूमा पाकिस्तानको प्रतिक्रिया – तीव्र आलोचना र खण्डन

इस्लामावाद- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा सोमबार राष्ट्रलाई गरेको सम्बोधनबारे पाकिस्तानले कडा प्रतिक्रिया दिएको छ ।

पाकिस्तानविरुद्ध गरिएको ‘अपरेसन सिन्दूर’ को चर्चासहितका मोदीका कडा सन्देशहरूलाई पाकिस्तानले भडकाऊ र भ्रामक भन्दै आलोचना गरेको छ।

पाकिस्तानको विदेश मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै मोदीको उक्त भनाइको कडा शब्दामा निन्दा गरेको हो ।

‘जब क्षेत्रीय शान्ति र स्थायित्वका लागि अन्तर्राष्ट्रिय प्रयास जारी छ, त्यस्तो समयमा भारतको यो बयान खतरनाक हो’, पाकिस्तानले भनेको छ, ‘जुन गलत सूचना, राजनीतिक स्वार्थ र अन्तर्राष्ट्रिय कानुनलाई उपेक्षा गर्ने गरि आएको छ । ’

विदेश मन्त्रालयले भारतलाई चेतावनी दिँदै फेरि अर्को गल्ती नगर्न पनि भनेको छ ।

‘भारतले कुनै गल्ती नगरोस्। पाकिस्तान आगामी दिनमा भारतको कार्यशैली र व्यवहारको सुक्ष्म समीक्षा गर्नेछ । हामी अन्तर्राष्ट्रिय समुदायसँग पनि यही अनुरोध गर्दछौँ’, पाक विदेश मन्त्रालयले अगाडि भनेको छ ।

सोमबार राति भारतीय प्रधानमन्त्री मोदीले ‘अपरेसन सिन्दूर’ को सन्दर्भमा देशलाई सम्बोधन गर्दै पाकिस्तानलाई चेतावनी दिएका थिए।

‘भारतको सेनाले पाकिस्तानमा रहेका आतंककारीका शिविरहरू र तालिम केन्द्रमा सटिक हमला गरेको छ’, उनले भनेका थिए, ‘पाकिस्तानले आतंकरोधी कारबाहीलाई समर्थन गर्नुको सट्टा भारतमाथि आक्रमण सुरु गर्‍यो ।’

उनले भारत पाकिस्तानको कुनै पनि आणविक धम्की नसहने पनि बताएका थिए । ‘भारत कुनै पनि न्यूक्लियर ब्ल्याकमेलिङ सहने छैन । अब भारतले आतंककारीहरू र तिनलाई समर्थन गर्ने सरकारलाई फरक रूपमा हेर्ने छैन’, मोदीले भनेका थिए ।

पाकिस्तानले भारतको दाबीको खण्डन गर्दै आत्मरक्षाको हक प्रयोग गरेर भारतीय सैन्य ठेगानालाई निशाना बनाएको पनि बताएको छ ।

पाकिस्तानले सिन्धु जल सम्झौता अनुसार आफ्नो अधिकारको रक्षा गर्न आवश्यक कदम चाल्ने पनि उल्लेख गरेको छ । तर भारतीय विदेश मन्त्रालयले पाकिस्तानले आतंकवादप्रति पूर्ण रूपमा समर्थन नरोकेसम्म सिन्धु नदी सम्झौता निलम्बित रहनेछ जनाएको छ ।

भारतले युद्धविराम पाकिस्तानकै अनुरोधमा गरिएको बताइरहेको छ । तर पाकिस्तानले यसलाई ‘झूटो’ भनेको छ। पाकिस्तानले युद्धविराम अन्तर्राष्ट्रिय मित्र राष्ट्रहरूको पहलमा सम्भव भएको जनाएको छ । यसलाई पाकिस्तानको कमजोरीसँग नजोड्न पनि उसले आग्रह गरेको छ ।

पाकिस्तानले आफूलाई ‘आतंकको शिकार’ भएको राष्ट्र भनेर चित्रण गरिरहेको छ । यस घटनाक्रमले भारत र पाकिस्तानबीचको तनावलाई पुनः उजागर गरिदिएको छ।

दुवै देशले आ-आफ्ना कूटनीतिक र रणनीतिक सन्देशहरू विश्व समुदायलाई दिएका छन्। अन्तर्राष्ट्रिय दृष्टिकोणबाट यो अवस्था अझै चर्किन सक्ने संकेत देखिएको छ । स्पष्ट संवाद र कूटनीतिक पहल नभए फेरि दुई छिमेकी भिड्न सक्ने चिन्ता नागरिकस्तरमा छाएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ८ : २८ बजे

दुई तिहाइको रास्वपा सरकार र बालेनको काँधमा स्वास्थ्य सुधारको भार

काठमाडौँ – प्रतिनिधि सभा निर्वाचन २०८२ को नतिजा सार्वजनिक भएसँगै

पश्चिम एसिया सङ्कट : आपत्कालीन प्रतिकार्य टोलीको बैठक

काठमाडौँ– परराष्ट्रसचिव अमृतबहादुर राईको संयोजकत्वमा गठित आपत्कालीन प्रतिकार्य टोलीको दोस्रो

पच्चीस लाख ठगेको अभियोगमा पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै

मकवानपुरको मनहरीमा प्रहरी र लागूऔषध सेवनकर्ताबीच झडप

बागमती– मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागूऔषध सेवनकर्ताले आक्रमण गर्दा एक

आरनको भरमा लुहार दम्पतीको जीविका

कञ्चनपुर– बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर