पाकिस्तानी रेञ्जर्सले समातेका भारतीय जवान फिर्ता « Khabarhub

पाकिस्तानी रेञ्जर्सले समातेका भारतीय जवान फिर्ता


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


909
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – पाकिस्तानी रेञ्जर्सले बन्दी बनाएका भारतीय सीमा सुरक्षा बल (बीएसएफ) जवान पूर्णम कुमारलाई फिर्ता पठाएको छ ।

पूर्णम अप्रिल २३ मा पाकिस्तानी विशेष सुरक्षा दस्ताको नियन्त्रणमा परेका थिए । पञ्जाबको अटारी बोर्डरबाट उनी समातिएका थिए । यसबीच उनी पाकिस्तानी हिरासतमै थिए ।

भारतीय बीएसएफद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, ‘अप्रिल २३, २०२५ देखि पाकिस्तानी रेञ्जर्सको हिरासतमा रहेका बीएसएफ जवान पूर्णम कुमारलाई संयुक्त चेक पोष्ट अटारी, अमृतसरमा करिब १०:३० बजे भारतलाई सुम्पिइएको छ ।’

शान्तिपूर्ण विधि र स्थापित प्रोटकल अनुसार बन्दी हस्तान्तरण भएको भारतीय पक्षले जनाएको बीबीसी हिन्दीले लेखेको छ ।

अप्रिल २२ मा भारत प्रशासित जम्मू कश्मीरको पहलगाममा चरमपन्थी हमला भएको थियो । उक्त हमलापश्चात भारत र पाकिस्तानबीच तनाव बढेको थियो ।

मे ७ मा पाकिस्तानमाथि भारतले हवाई हमला गरेपछि दुवै पक्षबीच हानाहान सुरु भएको थियो । मे १० मा दुई देशबीच सङ्घर्षविराममा सहमति जुटेको थियो ।

हाल दुबै देशका संस्थापन द्विपक्षीय तनाव कम गर्ने प्रयासमा छन्‌ ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  १२ : ५० बजे

शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन

काठमाडौं- आफूलाई लोकसेवा आयोगबाट नियुक्त शाखा अधिकृत भन्दै नक्कली कागजात

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण