भूमिसम्बन्धी विधेयक प्रतिनिधिसभामा प्रस्तुत « Khabarhub

भूमिसम्बन्धी विधेयक प्रतिनिधिसभामा प्रस्तुत


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ संसदमा प्रस्तुत गरेको छ ।

आज बसेको प्रतिनिधिसभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले उक्त विधेयक प्रस्तुत गरेका हुन् ।  विधेयक यही वैशाख २३ गते प्रतिनिधिसभामा दर्ता भएको थियो ।

उक्त विधेयकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोधको सूचना पेस गरेका थिए । उक्त प्रस्ताव बहुमतले अस्वीकृत भएपछि विधेयक प्रस्तुत गरिएको हो ।

यसअघि गत माघ २ गते अध्यादेशका रुपमा राष्ट्रपति रामचन्द्र पौडेलले उक्त विधेयक जारी गरेको भए पनि दलहरूबीच कुरा नमिल्दा रोकिएको थियो ।

विधेयकमा भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीको व्यवस्था,  भूमिहीन सुकुम्वासीलाई निःशुल्क र अव्यवस्थित बसोबासीलाई तोकिएको दस्तुरमा जग्गाको स्वामित्व दिने व्यवस्था छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  १२ : ५९ बजे

नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

काठमाडौं– थाइल्यान्डका लागि नेपालका राजदूत धनबहादुर ओलीले त्यहाँको परराष्ट्र मन्त्रालयअन्तर्गत

मकैबारीमा मृत गैँडा भेटियो

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका–१ लोकहा स्याउलीमा एउटा

अनौपचारिक शिक्षा तथ्यांक एकीकृत गरिँदै

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत

ट्रम्पलाई गुलाफको बीउ उपहार पठाउँदै राष्ट्रपति सी

बेइजिङ – चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई

नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको