सरकारी कारोबारमा बेरुजु बढ्नु सुशासनका लागि चुनौती : राष्ट्रपति | Khabarhub Khabarhub

सरकारी कारोबारमा बेरुजु बढ्नु सुशासनका लागि चुनौती : राष्ट्रपति


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखा परीक्षकले आर्थिक वर्ष २०८०-२०८१ को वार्षिक प्रतिवेदन पेस गरेका छन् । 

राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष महालेखा परीक्षक तोयम रायाले प्रतिवेदन पेस गरेका हुन् । 

सो अवसरमा राष्ट्रपति पौडेलले आर्थिक अनुशासन कायम गर्न र वित्तीय उत्तरदायित्व अभिवृद्धि गर्न सार्वजनिक निकायका पदाधिकारीहरू अझ बढी जिम्मेवार र जवाफदेही बन्नु आवश्यक रहेको बताए। 

‘सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्ण अवस्था हो, सुशासन कायम गराउन सरकारी कोष सञ्चालन गर्ने सम्बद्ध सबै पदाधिकारीलाई थप जिम्मेवार र जवाफदेही बनाउने सन्दर्भमा महालेखा परीक्षकको भूमिका महत्वपूर्ण हुन्छ भन्ने मैले ठानेको छु’, पौडेलले भने। 

 विगत लामो समयदेखि सरकारी खर्चमा बढ्दै गएको बेरुजु गम्भीर चासो र सरोकारको विषय बनेको उनको भनाइ थियो ।

उनले महालेखा परीक्षकबाट सरकारी वा सार्वजनिक स्रोतसाधन तथा सम्पत्तिको सदुपयोग भए नभएको, अनियमितता वा हानिनोक्सानी भए नभएको समेतको विषय परीक्षण हुँदै आएको सन्दर्भमा यस प्रतिवेदनमा औँल्याइएका विषयहरूले सम्बन्धित निकायलाई आर्थिक अनुशासन तथा वित्तीय उत्तरदायित्वप्रति थप सजग गराउने विश्वास व्यक्त गरे।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  १ : ४४ बजे

ठेक्का हत्याउन बोलपत्रको सूचनामै जालझेल, कार्यालय प्रमुखसहित तीनविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ – भेटेरिनरी कार्यालय भवन निर्माण निम्ति आह्वान गर्नुपर्ने सार्वजनिक

विशेष अदालतमा माधव नेपालको बयान सकियो, थुनछेक बहस हुँदै

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालको बयान सकिएको

कोशीमा सवारी तथा यातायात व्यवस्था दोस्रो संशोधन नियमावली स्वीकृत

मोरङ– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सवारी

कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणमा ढिलाई, हितेन्द्रदेव भन्छन्- दशैंसम्म बनिसक्छ 

सुर्खेत– लामो समयदेखि प्रतिक्षामा रहेको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको

पर्यटन क्षेत्रमा लगानी बढ्यो, पर्यटक बढेनन् : सीईओ जोशी

काठमाडौं– नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले