मुलुकलाई गतिशील बनाउन सरकार गम्भीर छ : पदम गिरी « Khabarhub

मुलुकलाई गतिशील बनाउन सरकार गम्भीर छ : पदम गिरी


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता पदम गिरीले सरकारले संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२-८३ को लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकताले जनतामा आशा जगाएको बताए।

प्रतिनिधिसभाको आजको बैठकमा ‘आर्थिक वर्ष २०८२-०८३ को लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर बाहेक)’ माथिको छलफलका क्रममा गिरिले विनियोजित विधेयकले जनतामा आशा जगाए पनि बजेटमार्फत कार्यान्वयन गर्ने विषय चुनौतीपूर्ण रहेको बताए ।
    
उनले भने, ‘विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकता हेर्ने हो भने सरकार मुलुकको विद्यमान समस्याप्रति गम्भीर छ भन्ने स्पष्ट हुन्छ । मुलुकमा आज जुन अर्थतन्त्रको अवस्था छ, यो वर्तमान अवस्थाबाट मुलुकलाई कसरी गतिशील बनाउन सकिन्छ भन्नेतर्फ सरकार गम्भीर भएको देखिन्छ ।’
    
उनले नेपाल राष्ट्र बैंकमा छ खर्बभन्दा बढी लगानीयोग्य पुँजी भए पनि ऋण चाहियो भनेर कोही माग्न नगएका, चालु आर्थिक वर्षको दश महिना हुँदा पनि एक तिहाइ पुँजीगत खर्च हुन नसकेको अवस्थामा सरकारले गहिरो अध्ययन गरेर अगाडि बढेको उल्लेख गरे । 

गिरीले भने, ‘आयात प्रत्येक वर्ष वृद्धि भइरहेको छ, व्यापार असन्तुलन बढिरहेको अवस्था छ, गाउँका खेतबारी सबै बाँझा भएका छन्, आफ्नो खेतबारीमा मलजल गर्ने र उत्पादन गर्नेतर्फ कसैको ध्यान गएको छैन, युवाहरू विदेश जाने क्रम बढ्दो छ, यो समस्यालाई सरकारले गहिरो रूपमा अध्ययन गरेपछि समाधानका उपाय पहिल्याएको छ ।’

विगतका सरकारले कनिका छरे जसरी सबैतिर बजेट छर्ने गरेकाले पुँजीगत खर्च न्यून हुने अवस्था सिर्जना भएको उनको भनाइ छ । जनतालाई विकासको प्रतिफल दिने, गरिब जनताको जीवनस्तरमा परिर्वतन ल्याउने र मुलुकको आर्थिक र सामाजिक असमानतालाई सरकारले गम्भीरताका साथ मनन गर्नुपर्नेमा उनले जोड दिए । ती विषय समेटिएकाले सरकारको सिद्धान्त र प्राथमिकताले गम्भीरताका साथ आत्मसात् गरेको उनको भनाइ छ । 

नेता गिरीले सरकारको प्राथमिकता र सिद्धान्तले निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनालाई लाभ र लागतको दृष्टिकोणले अध्ययन गरेर उपयुक्त भएका आयोजनालाई आवश्यक स्रोतको व्यवस्थापनसहित निर्धारित समयमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएको उल्लेख गरे ।  

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  २ : ०० बजे

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण

प्रधानमन्त्री बाहिरिइन्, तीन दलका नेता शीतल निवासमै  

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँगको छलफलपछि प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति भवनबाट

नयाँ चलचित्र जाँचपास कार्यविधिमा चलचित्रकर्मीले देखाए खोट

काठमाडौं – नेपाली फिल्म क्षेत्रमा सेन्सरको विवाद नयाँ होइन ।

मधेस प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– राष्ट्रिय दलित आयोगद्वारा आज मधेस प्रदेशप्रमुख समक्ष पाँचौँ वार्षिक