कर्णाली सरकारले प्रवासी युवालाई स्वदेशमै राख्न ‘रिटर्नी रिटेन’ कार्यक्रम ल्याउने « Khabarhub

कर्णाली सरकारले प्रवासी युवालाई स्वदेशमै राख्न ‘रिटर्नी रिटेन’ कार्यक्रम ल्याउने


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेश सरकारले रोजगारी र अध्ययन क्रममा विदेसिएका युवालाई स्वदेशमै राख्न ‘रिटर्नी रिटेन’ कार्यक्रम ल्याउने भएको छ ।

प्रदेशसभामा बुधबार आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता पेश गर्दै आर्थिक मामिला तथा योजनामन्त्री राजिवविक्रम शाहीले यस्तो कार्यक्रम घोषणा गरेका हुन् ।

पेश भएको विद्येयकमा ‘विदेशको अनुभव स्वदेशमा अवसर’ (रिटर्नी रिटेन) भन्ने सोचका साथ कार्यक्रम ल्याइएको उल्लेख छ । वैदेशिक रोजगारीबाट प्रदेशमा फर्केका युवा जनशक्तिसँग भएको ज्ञान, सीप, अनुभव, पुँजीको अभिलेखीकरण गरी सोको उपयोग हुने गरी प्रदेशमा नै उद्यम व्यवसाय सञ्चालन गर्न आवश्यक सहयोग र सहुलियत व्यवस्था मिलाइने मन्त्री शाहले बताएका छन् ।

प्रदेश सरकारले मुख्यमन्त्री कर्णाली रोजगार कार्यक्रमलाई स्थानीयस्तरको माग र आवश्यकता अनुरुप तालिम तथा सीप विकासका कार्यक्रम सञ्चालन मार्फत रोजगार तथा स्वरोजगारका अवसर सिर्जना गर्न स्थानीयवासीको जीविकोपार्जन र जीवनस्तरमा सुधार हुने गरी पुनर्संरचना गरिने मन्त्री शाहको भनाइ छ ।

प्रदेश सरकारको कार्यसम्पादनबाट प्रदेशको आर्थिक सामाजिक विकासमा उल्लेख्य उपलब्धि हासिल भएको र प्राप्त उपलब्धिलाई संस्थागत गर्दै नागरिकका अपेक्षा अनुसार विकासको प्रतिफल र सुशासनको प्रत्याभूति दिलाई प्रदेश सरकारप्रति नागरिकको विश्वास र भरोसा अभिवृद्धि गर्ने अभिभारा हाम्रो काँधमा रहेको मन्त्री शाहले बताए ।

‘प्रदेशको भौगोलिक विकटता, कमजोर विकास पूर्वाधार, गरिबी, असमानता र अशिक्षा जस्ता विषम परिस्थितिको सामना गर्दै नागरिकका अपेक्षा सम्बोधन गर्न सीमित स्रोतसाधनलाई विवेकशील प्राथमिकताका साथ विनियोजन एवम् बाँडफाँट गर्नुपर्ने परिस्थिति हाम्रो सामु छ,’ उनले भने, ‘यस परिस्थितिमा प्रदेशमा उपलब्ध स्रोतसाधनको अधिकतम् परिचालन र प्रभावकारी उपयोग मार्फत विकासको गतिलाई तीव्रता प्रदान गर्दै विकास, लोकतन्त्र र सङ्घीयताका लाभहरू जराधार (ग्रासरुट) सम्म विस्तार र संस्थागत गर्नु हाम्रो साझा जिम्मेवारी हो ।’

प्रदेशमा सबै प्रकार र स्तरका उद्योग स्थापना सञ्चालन र विस्तार गर्न भौतिक पूर्वाधार तथा अन्य सहयोग र सहजीकरण गरी सम्भाव्य निजी उद्यमीलाई उद्योग स्थापना, सञ्चालन र विस्तार गर्न आवश्यक प्रोत्साहन र सहुलियतको व्यवस्था मन्त्री शाहले बताए ।

‘जडीबुटी तथा कृषिजन्य उद्योगको स्थापना र उत्पादित कृषि उपजको मूल्य श्रृखला, बजारीकरण र उपयोगिता विस्तारका लागि शीतभण्डार लगायतका पूर्वाधार निर्माण गरिनेछ,’ उनले थपे, ‘प्रदेशमा नवीन सोच भएका युवा लक्षित गरी नयाँ उद्यम विकासको वातावरण निर्माण गर्न स्टार्टअप फण्ड र बिजनेस इन्क्युबेसन सेन्टर स्थापना जस्ता कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइनेछ ।’

उद्योगबाट उत्पादित वस्तु तथा सेवाको गुणस्तरीयता कायम गरी बजारीकरणका लागि सहयोग र सहजीकरण गरिने उनले बताए ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ५ : १६ बजे

कोला पिउँदा पेटका सूक्ष्म जीव र रोग प्रतिरोधात्मक क्षमतामा गम्भीर असर पुर्याउने

काठमाडौं– हालै सार्वजनिक भएको एक वैज्ञानिक अनुसन्धानले चिनीयुक्त र चिनी

पाँच दिनसम्म इरानी पूर्वाधारमा हमला नगर्ने ट्रम्पको घोषणा

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको तनाव कम गर्नका लागि

मध्यपूर्वमा सैन्य तनावको प्रत्यक्ष प्रभाव नेपालको पर्यटन क्षेत्रमा

चितवन– मध्यपूर्वमा बढ्दो सैन्य तनावको प्रत्यक्ष प्रभाव यहाँको पर्यटन क्षेत्रमा

अमेरिका-इजरायललाई रसियाको चेतावनी : आणविक केन्द्रनजिक गरिएको आक्रमण ‘अत्यन्त खतरनाक’

काठमाडौं- रसियन राष्ट्रपतिको कार्यालय क्रेमलिनले इरानको बुशेहर आणविक प्लान्टनजिक भएको

इरानी आक्रमण : इजरायलको बेन ग्युरियन एयरपोर्ट खाली गरेर यात्रुलाई आश्रयस्थलमा लगियो

तेलअभिभ- इजरायलले देशकै चर्चित बेन ग्युरियन विमानस्थल खाली गराएको छ।