पलाँता गाउँपालिकाका तत्कालीन अध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा | Khabarhub Khabarhub

पलाँता गाउँपालिकाका तत्कालीन अध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


879
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन अध्यक्ष लक्ष्मणबहादुर बम, उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा विषेश अदालतमा आरोप पत्र दायर गरेको छ ।  

पलाँता गाउँपालिका– ९ को थिर्पु र पचाल झरना गाउँपालिका बीचमा पर्ने घाटाचौर थिर्पुमा कर्णाली प्रदेश सरकारबाट कर्णाली नदीमा गाडी तार्ने फेरि निर्माण नगरी बिल भुक्तानी गरेको आरोपमा आरोप पत्र दायर गरेको हो ।

अध्यक्ष बम, उपाध्यक्ष न्यौपाने, वडा नं. ९ का वडाध्यक्ष टक्कबहादुर बम, कालिकोट, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बम, इन्जिनियर खडानन्द रिजाल, सब–इन्जिनियर विनोदकुमार बम, तत्कालीन सहलेखापाल नन्दबहादुर शाही, कर्णाली नदी फेरि निर्माण योजना उपभोक्ता समितिका अध्यक्ष वीरजित रोकाय, सचिव अंग विश्वकर्मा र कोषाध्यक्ष पर्दशिना बमविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो । 

कर्णाली प्रदेश सरकारले पलाँता गाउँपालिकालाई आ.व.२०७७-७८ मा कर्णाली प्रदेश सरकारबाट फेरि निर्माण वापत प्राप्त भएको रकम मध्ये ७५ लाख ५६ हजार नौ रुपैयाँको लागत अनुमान तयार गरी उपभोक्ता समितिसँग सम्झौता भई कार्य गर्दा उक्त कार्य सम्पन्न नगरी सम्पन्न भएको देखाएको, विनियोजित बजेट अनुसारको कार्य सम्पन्न नै नभएको अवस्थामा झुट्ठा विल भरपाई तयार गरेको, सार्वजनिक संस्थालाई हानी पु¥याउने बदनियतले देखिएको, मनासिव कारण बिना निर्माण कार्य नै नगरेको, निर्धारित शर्त तथा मापदण्ड विपरीत कार्य गरे गराएको, नभए नगरेको काम भए गरेको भनी झुट्ठा विल, भरपाई र कार्य सम्पन्न प्रतिवेदन तयार गरी कम काम भएकोमा बढी काम भएको देखाई २५ लाख छ हजार ५२ रुपैयाँ गरेर हानी नोक्सानी पु¥याएको भन्दै आयोगले आरोप पत्र दायर गरेको हो । 

अध्यक्ष बमलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९१० को देहाय (ग) र (ङ) बमोजिमको कसूरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम  बिगो असुल उपर हुन एवं पालिकाको अध्यक्ष हुँदाहुँदै आफै संस्थापक तथा प्रोपराईटर भई स्थापना भएको कम्पनीबाट सामान खरिद गरेको भनी भुक्तानी लिई गैरकानूनी व्यापार व्यवसाय गरेको देखिँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १४ बमोजिम कसूरमा सोही ऐनको दफा १४ बमोजिम कैद र जरिवाना हुन र सो कारोबारबाट भुक्तानी लिएको रकम ३१ लाख जफत हुन  मागदाबी सहित आरोपत्र दायर गरेको हो । 

उपाध्यक्ष न्यौपाने र वडाध्यक्ष बमलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसूरमा सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कैद र जरिवाना समेतको सजाय हुन मागदाबी लिइएको छ ।

तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बम, इन्जिनियर खडानन्द रिजाल, सब–इन्जिनियर विनोदकुमार बमलाई २५ लाख छ हजार ५२.५३ रुपैयाँ भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ग) र (ङ) बमोजिमको कसूरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र विगो बमोजिम जरिवाना गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम बिगो असुल उपर हुन एवं गलत प्राविधिक मूल्याङ्कन प्रतिवेदन तयार गरेको हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसूरमा सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कैद र जरिवाना समेतको सजाय हुन मागदाबी लिइएको छ ।

तत्कालीन सहलेखापाल शाहीलाई पनि २५ लाख छ हजार ५२.५३ रुपैयाँकै माग दाबी गरिएको छ । कर्णाली नदी फेरि निर्माण योजना उपभोक्ता समितिका अध्यक्ष रोकाय, सचिव विश्वकर्मा र कोषाध्यक्ष बम २५ लाख छ हजार छ हजार ५२.५३  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसूरमा सोही ऐनको दफा ८ को उपदफा (४)बमोजिम सजाय गरी बिगो समेत जफत हुन मागदाबी सहित आरोप पत्र दायर गरेको हो ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ६ : २७ बजे

सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त

काठमाडौं – सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य

गण्डकीमा आवधिक योजनाका आधारमा बजेट ल्याइने

गण्डकी – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को

गौतमबुद्ध विमानस्थलको जग्गा मन्त्रिपरिषद्ले निर्णय गरेर अधिग्रहण भएको हो : क्यान

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको जग्गाको

गभर्नर सिफारिस समितिमा पोषराज पाण्डे नियुक्त

काठमाडौं – नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको सदस्यमा पोषराज

सङ्खुवासभामा चट्याङ लागेर एकको मृत्यु, तीन जना घाइते

सङ्खुवासभा – सङ्खुवासभाको चैनपुर नगरपालिका–८ मानेडाँडामा चट्याङ लागेर एक जनाको