कृषि र पर्यटनमार्फत देशको विकास गर्न सकिन्छ : प्रवक्ता महत « Khabarhub

कृषि र पर्यटनमार्फत देशको विकास गर्न सकिन्छ : प्रवक्ता महत


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

त्रिशूली– नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले कृषि र पर्यटनमार्फत देशको विकास गर्न सकिने बताएका छन् ।

नेपाली कांग्रेस ककनी गाउँपालिका–४ र ६ नं वडा कार्यसमितिले आज ओख्लेमा आयोजना गरेको ‘प्रत्यक्ष संवाद तथा भेटघाट’ लाई सम्बोधन गर्दै प्रवक्ता डा. महतले कृषि उत्पादन वृद्धि गर्दै पर्यटन भित्र्याउनसके त्यसबाट आउने आर्थिकोपार्जनबाट देशलाई समृद्धितर्फ लैजान सकिने बताए ।

‘परम्परागत कृषि प्रणालीलाई अहिलेका युवामार्फत सुदृढीकरण गर्दै आधुनिकीकरण र व्यावसायीकरणतर्फ लम्काउन जोड दिनुपर्छ’, पूर्वअर्थमन्त्री महतले भने, ‘स्थानीयस्तरमा उत्पादित कृषिउपज सामग्रीको उपभोगका लागि आन्तरिक तथा बाह्य पर्यटन भित्र्याउने कार्यक्रम ल्याउनुपर्छ । हामीले निःशुल्क पाएका प्रकृतिक सौन्दर्यता र हाम्रा पुर्खाका पौरखले बनेका धार्मिक एवं सांस्कृतिक सम्पदा देखाई आम्दानी गर्नुपर्छ । मुलुकलाई समृद्धि बनाउन सकिन्छ ।’

आगामी आर्थिक वर्षको बजेट तयारीमा रहेको सरकारलाई उनले युवावर्गलाई स्वदेशमै बस्ने वातावरण बनाउन उनीहरूलाई सीप विकास, क्षमता वृद्धि, अनुदान तथा सहायतासहित उद्यमी बनाउने कार्यक्रम समावेश गर्न सुझाव दिए ।

प्रि-बजेटको तयारीका क्रममा पूर्वअर्थमन्त्रीहरुसँग हुने छलफलमा उच्च शिक्षा अध्ययनका नाममा धेरै रकम खर्चिएर विदेश जाने युवालाई स्वदेशमै अध्ययनको प्रबन्ध मिलाइ उद्यमी बन्ने कार्यक्रम समावेश गराउन जोड दिने उनको भनाइ छ । 

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ६ : ३३ बजे

पाथीभराको महिनाको भेटी एक करोड छ लाख

ताप्लेजुङ – पाथीभरा देवीस्थानमा एक महिनामा रु एक करोड छ

प्रधानमन्त्री बालेनको राजीनामा माग्दै हर्क साम्पाङको विज्ञप्ति: ‘सदनको अपमान गरेको’ आरोप

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य

बालेन हराएको सूचना !

काठमाडौँ – यो कार्टुनले प्रधानमन्त्री वालेन्द्र शाह प्रतिनिधिसभाको बैठकमा अनुपस्थित

सहमतिको ‘किशोर सम्बन्ध’लाई अपराधीकरण गर्ने कि निकास दिने ?

काठमाडौंँ – केही महिनाअघि पङ्क्तिकारलाई आफन्त पर्ने एक जना बहिनीले

इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिले आयोजना प्रभावित

सिद्धार्थनगर – लुम्बिनी निर्माण व्यवसायी सङ्घले निर्माण सामग्री तथा इन्धनमा