कांग्रेस सांसद माया राईलाई १० लाख धरौटीमा छोड्न आदेश | Khabarhub Khabarhub

कांग्रेस सांसद माया राईलाई १० लाख धरौटीमा छोड्न आदेश


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं जिल्ला अदालतले नेपाली कांग्रेसकी प्रतिनिधिसभा सदस्य माया राईलाई १० लाख धरौटीमा छाड्ने आदेश दिएको छ ।

न्यायाधीश महेन्द्र बहादुर कार्कीको इजलासले उनलाई बुधबार १० लाख धरौटी लिएर रिहा गर्ने आदेश दिएको हो ।

काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बचत रकम अपचलन अभियोगमा सांसद राई गत वैशाख १३ गते कपनबाट पक्राउ परेकी थिइन् ।

राईविरुद्ध मंगलबार जिल्ला सरकारी वकिलको कार्यालय कामाडौं सहकारी ठगी र संगठित अपराधमा मुद्दा दायर गरेको थियो ।

सांसद राईले स्वर्णलक्ष्मीमा सदस्य हुँदै सहसचिव भएर काम गरेको खुलेपछि अनुसन्धान थालिएको थियो ।

प्रहरी प्रतिवेदनमा सांसद राईको कार्यकालमा कूल २ करोड ४० लाख ४४ हजार ७९० रुपैयाँ बचत हिनामिना भएको थियो ।

भोजपुर घर भएकी सांसद राईविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले ३७ लाख ३५ हजार बिगो मागदाबी गरेर मुद्दा चलाएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसमेत मुछिएको स्वर्णलक्ष्मी सहकारी संस्थाको करिब सवा अर्ब रुपैयाँ बचत ठगी प्रकरणमा सांसद राईलाई मुद्दा चलाइएको थियो । सभापति शेरबहादुर देउवानिकट राई जनजाति क्लस्टरबाट कांग्रेस केन्द्रीय सदस्य छिन् ।

राईविरूद्ध ३७ लाख ३५ हजार ८४३ रुपैँया बिगो मागदाबीसहित पुरक अभियोजनमार्फत् मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिलको कार्यालयले जानकारी दिएको थियो ।

राई स्वर्णलक्ष्मी सहकारीको सञ्चालक समितिकी तत्कालीन सहसचिव थिइन् । रविलाई मुद्दा चलाउँदा राईलाई उन्मुक्ति दिइएको भन्दै सरकारको आलोचना भएको थियो । आलोचना थेग्न नसकेपछि कांग्रेस सांसद राईलाई पक्राउ गरिएको थियो ।

यसअघि राईसहित पाँचजनालाई उन्मुक्ति दिएर रविसहित ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । राईसहितले ६ सय ९० जना बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ७ : ०८ बजे

एक वर्षअघि बाढीले क्षतिग्रस्त बीपी राजमार्गको अवस्था (तस्बिरहरू)

भक्तपुर– गत असोज दोश्रो साता आएको बाढीपहिरोले क्षति गरेको बीपी

सिर्जनशील टिम बनाउन व्यस्त छु, फोन नगर्नुहोला : शिक्षामन्त्री पुन

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले मन्त्रालयमा सिर्जनशील टिम बनाउन आफू

एसिया कप : आज भारत र बंगलादेश भिड्दै

काठमाडौं – एसिया कपको सुपर फोरमा नेपाल र बंगलादेश भिड्दैछन्

जेनजी आन्दोलनमा निजी क्षेत्रको कति भयो क्षति ?

काठमाडौं– गत भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनका

काँकरभिट्टा नाकाबाट दुई महिनामा करिब तीन अर्बको पेट्रोलियम पदार्थ आयात

झापा– चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो दुई महिनामा काँकरभिट्टा