पाथीभरामा केबलकार निर्माण अघि बढाउने बाटो खुल्यो | Khabarhub Khabarhub

पाथीभरामा केबलकार निर्माण अघि बढाउने बाटो खुल्यो


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरसम्म थालिएको केवलकार निर्माणलाई अघि बढाउने बाटो खोलिदिएको छ ।

न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले यसअघिको अन्तरिम आदेशलाई निरन्तरता नदिने निर्णय गरेसँगै केबलकार निर्माण अघि बढाउने बाटो खुलेको हो ।

गत चैत ७ गते दायर रिटमा सर्वोच्चले चैत १३ गते हालसम्म भएका काम कारवाही तत्काललाई यथास्थितिमा राख्न आदेश दिएको थियो । उक्त आदेशपछि चन्द्र ढकाल अध्यक्ष रहेको आईएमई ग्रुपले काफ्लेपाटीमा थालेको तल्लो स्टेशन निर्माण रोकेको थियो ।

यसअघि चैत १३ गते केबलकार निर्माण कार्यलाई यथास्थितिमा राख्न दिएको आदेशलाई सर्वोच्चले निरन्तरता नदिने निर्णयसँगै ढकाललाई राहत भएको छ ।

यामबहादुर लिम्बूसमेत निवेदक रहेको रिटमा न्यायाधीश शारंगा सुवेदीको एकल इजलासले चैत १३ गते हालसम्म भए गरेका कामहरु यथास्थितिमा राख्न भनेको थियो । उक्त रिटमा पाथीभरा देवी दर्शन केवलकार प्रालिसमेत १४ जनालाई विपक्षी बनाइएको थियो ।

बेवलकार निर्माण कार्य रोक्नका लागि अन्तरिम आदेशको समेत माग गरिएको हुनाले विषयवस्तु प्रकृति र गम्भीरतालाई हेरी हालसम्म भए गरेका कारवाहीहरू यथास्थितिमा राख्न आदेशमा भनिएको थियो ।

अन्तररिम आदेश जारी गर्ने, नगर्ने सन्दर्भमाछलफल गर्न सर्वोच्च अदालतले चैत २६ गते दुवै पक्षलाई झिकाउने निर्णय भएको थियो । दुवै पक्षको कुरा सुनिसकेपछि सर्वोच्चले बुधबार यस्तो आदेश दिएको हो ।

पाथीभरामा उद्योगी ढकालको कम्पनीले केबलकार निर्माण कार्य गरिरहेको छ । तर स्थानीयवासीले सांस्कृतिक अतिक्रमण भएको भन्दै केबलकारविरुद्ध आन्दोलन गर्दै आएका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ७ : ३८ बजे

‘पारिवारिक खेतीलाई सम्मानजनक, नाफामूलक र दिगो पेशा बनाउन आवश्यक’ 

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पारिवारिक खेतीलाई  जीवनयापनको

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको एजेण्डामा किन हच्किए ठूला दल ? 

नेपालको राजनीतिमा आज बहसको केन्द्रमा छ – प्रत्यक्ष निर्वाचित कार्यकारी

सनराज म्युचुअल फण्डले १४ प्रतिशत लाभांश दिने 

काठमाडौं– लक्ष्मी सनराज बैंकद्धारा प्रवर्द्धन गरिएको लक्ष्मी सनराज क्यापिटलको योजना

मञ्जुश्री फाइनान्सको खुद नाफा ४० प्रतिशतले बढ्यो

काठमाडौं– मञ्जुश्री फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत

अब नेपाल बनाउने अभिभारा युवाहरूको काँधमा छ : राष्ट्रपति पौडेल

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा उभिएर