गौतमबुद्ध विमानस्थलको जग्गा मन्त्रिपरिषद्ले निर्णय गरेर अधिग्रहण भएको हो : क्यान « Khabarhub

गौतमबुद्ध विमानस्थलको जग्गा मन्त्रिपरिषद्ले निर्णय गरेर अधिग्रहण भएको हो : क्यान


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको जग्गाको विषयमा स्पष्टिकरण सार्वजनिक गरेको छ । सांसद प्रेमबहादुर आले लगायतले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको जग्गाको विषयमा प्रश्न उठाएपछि क्यानले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्ले निर्णय गरेर जग्गा अधिग्रहणको काम भएको जनाएको हो ।

‘अन्तर्राष्ट्रिय विमानस्थलको बलियो विकल्पको रूपमा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने उद्देश्यले मन्त्रिपरिषद्को २०७२/०९/२९ तथा २०७३/०१/२७ को निर्णय बमोजिम हालसम्म करिब ४५३ बिगाहा जग्गा अधिग्रहण भएको र अन्य करिब ४७ बिगाहा सार्वजनिक जग्गा (पर्ती, ऐलानी, खोला, कुलो, आदि) गरी करिब ५०० बिगाहा रहेको’, क्यानले विज्ञप्तिमा उल्लेख गरेको छ ।

आइकाओको मापदण्ड बमोजिम फोरई–क्याटागोरी को फूल फ्लेड्ज अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका लागि आवश्यक पर्ने जग्गा मात्रै अधिग्रहण गरिएको क्यानले जनाएको छ । साथै क्यानले पुर्नवास योजना लागू गर्न वातावरणीय मूल्यांकनअनुसार फोहोरमैला व्यवस्थापन र हवाई सुरक्षाका दृष्टिकोणले छुट्याइएको ४० बिगाहा ‘भैंसी आतंक र प्रयोगबिहीन’ भनेर अतिरञ्जित गरिएको जनाएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ९ : ५५ बजे

फलाखु खोलामा फड्के र भोटेकोशीमा तुइन बन्यो

रसुवा – रसुवा–नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के तथा तुइन निर्माण गरी

हरितालिका : पशुपति क्षेत्रमा बिहानैदेखि व्रतालुको लाम

काठमाडौँ – यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने

बाढीको विनाशका कारण उल्लासको अवस्था छैन, संयमका साथ तीज मनाऔँ: प्रचण्ड

काठमाडौँ – नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोटेकोशीमा आएको

देशभरका कुन सडकको अवस्था के छ ? कृष्णभीरमा के भइरहेको छ ?

काठमाडौँ – लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

आज हरितालिका तीज : व्रत कसरी बस्ने ?

काठमाडाैँ – भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज