काठमाडौंबाट विमान अपहरण गरेका रउफ पनि मारिए भारतको आक्रमणमा « Khabarhub

काठमाडौंबाट विमान अपहरण गरेका रउफ पनि मारिए भारतको आक्रमणमा


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद – पाकिस्तानको बहावलपुरमा भारतीय सेनाले गरेको मिसाइल आक्रमणमा आतंकवादी संगठन जैश ए मोहम्मदका प्रमुख कमाण्डर रउफ असगर मारिएका छन् ।

शीर्ष गुप्तचर र भारतीय सेना स्रोतलाई उद्धृत गर्दै यो जानकारी आएको नवभारत टाइम्सले लेखेको छ । रउफ असगर जैश–ए– मोहम्मदका संस्थापक मौलाना मसूद अजहरका भाइ थिए।

बहावलपुरमा समूहको मुख्यालयलाई लक्षित गरी भएको आक्रमणमा मारिएका अजहरको परिवारका १० सदस्यमध्ये उनी पनि एक थिए। यस हमलामा अजहरका नजिकका ४ जनासहित कुल १४ जनाको मृत्यु भएको थियो ।

कान्दाहार अपहरणको नामले चिनिने भारतीय विमान अपहरणको षड्यन्त्र रउफले नै गरेका थिए । डिसेम्बर १९९९ मा नेपालवाट इन्डियन एयरलाइन्सको उडान सी–८१४ आतंककारीहरूले अपहरण गरेका थिए, जसलाई पछि अफगानिस्तानको कान्दाहारमा लगिएको थियो ।

भारत सरकारले विमानमा सवार सर्वसाधारणको बदलामा ५ जना डरलाग्दो आतंककारीलाई रिहा गर्नुपरेको थियो, जसमा मसूद अजहर पनि यसमा संलग्न थिए।

रउफ असगर भारतीय विमान अपहरण गर्नुका साथै पठानकोट आतंकवादी हमला र भारतीय संसदमा आक्रमणको पनि जिम्मेवार थिए। रउफ असगरको बुधबार बहावलपुरमा अन्त्येष्टि गरिएको छ । उनको अन्त्येष्टिमा पाकिस्तानी सेना र गुप्तचर एजेन्सी आईएसआईका वरिष्ठ अधिकारीहरू उपस्थित थिए।

रउफ असगरले भारतमा खेलेको रक्तपातपूर्ण खेलका कारण ‘मोस्ट वान्टेड’ आतंककारी थिए । उनले २००७ मा जैश ए मोहम्मदको अपरेशनल प्रमुखको रूपमा पदभार ग्रहण गरेका थिए र भारत विरुद्ध क्रूर अपरेशनको योजना बनाएका थिए । रिपोर्टका अनुसार असगरले २४ वर्षको उमेरमा इन्डियन एयरलाइन्स अपहरण गर्ने षड्यन्त्र रचेका थिए ।

गत बुधबार राति भारतीय सेनाले गरेको ‘अपरेशन सिन्दूर’ को नाममा पाकिस्तान र प्रशासित कश्मीर ९पीओके० मा ठूलो सैन्य कारबाही गरेको थियो। भारतले जैश–ए–मोहम्मद र लश्कर–ए–तैयबाका ९ आतंकवादी अड्डालाई मिसाइलले निशाना बनाएको थियो ।

यसमा जैश ए मोहम्मदको बहावलपुर मुख्यालय पनि सामेल थियो। भारतीय सीमाबाट १०० किलोमिटर टाढा रहेको यस ठाउँमा भएको आक्रमणमा जैश प्रमुख मसूद अजहरका भाइ रउफ असगर र उनको परिवारका १० सदस्यसहित १४ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ८ : ४३ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने