काठमाडौंबाट विमान अपहरण गरेका रउफ पनि मारिए भारतको आक्रमणमा | Khabarhub Khabarhub

काठमाडौंबाट विमान अपहरण गरेका रउफ पनि मारिए भारतको आक्रमणमा


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद – पाकिस्तानको बहावलपुरमा भारतीय सेनाले गरेको मिसाइल आक्रमणमा आतंकवादी संगठन जैश ए मोहम्मदका प्रमुख कमाण्डर रउफ असगर मारिएका छन् ।

शीर्ष गुप्तचर र भारतीय सेना स्रोतलाई उद्धृत गर्दै यो जानकारी आएको नवभारत टाइम्सले लेखेको छ । रउफ असगर जैश–ए– मोहम्मदका संस्थापक मौलाना मसूद अजहरका भाइ थिए।

बहावलपुरमा समूहको मुख्यालयलाई लक्षित गरी भएको आक्रमणमा मारिएका अजहरको परिवारका १० सदस्यमध्ये उनी पनि एक थिए। यस हमलामा अजहरका नजिकका ४ जनासहित कुल १४ जनाको मृत्यु भएको थियो ।

कान्दाहार अपहरणको नामले चिनिने भारतीय विमान अपहरणको षड्यन्त्र रउफले नै गरेका थिए । डिसेम्बर १९९९ मा नेपालवाट इन्डियन एयरलाइन्सको उडान सी–८१४ आतंककारीहरूले अपहरण गरेका थिए, जसलाई पछि अफगानिस्तानको कान्दाहारमा लगिएको थियो ।

भारत सरकारले विमानमा सवार सर्वसाधारणको बदलामा ५ जना डरलाग्दो आतंककारीलाई रिहा गर्नुपरेको थियो, जसमा मसूद अजहर पनि यसमा संलग्न थिए।

रउफ असगर भारतीय विमान अपहरण गर्नुका साथै पठानकोट आतंकवादी हमला र भारतीय संसदमा आक्रमणको पनि जिम्मेवार थिए। रउफ असगरको बुधबार बहावलपुरमा अन्त्येष्टि गरिएको छ । उनको अन्त्येष्टिमा पाकिस्तानी सेना र गुप्तचर एजेन्सी आईएसआईका वरिष्ठ अधिकारीहरू उपस्थित थिए।

रउफ असगरले भारतमा खेलेको रक्तपातपूर्ण खेलका कारण ‘मोस्ट वान्टेड’ आतंककारी थिए । उनले २००७ मा जैश ए मोहम्मदको अपरेशनल प्रमुखको रूपमा पदभार ग्रहण गरेका थिए र भारत विरुद्ध क्रूर अपरेशनको योजना बनाएका थिए । रिपोर्टका अनुसार असगरले २४ वर्षको उमेरमा इन्डियन एयरलाइन्स अपहरण गर्ने षड्यन्त्र रचेका थिए ।

गत बुधबार राति भारतीय सेनाले गरेको ‘अपरेशन सिन्दूर’ को नाममा पाकिस्तान र प्रशासित कश्मीर ९पीओके० मा ठूलो सैन्य कारबाही गरेको थियो। भारतले जैश–ए–मोहम्मद र लश्कर–ए–तैयबाका ९ आतंकवादी अड्डालाई मिसाइलले निशाना बनाएको थियो ।

यसमा जैश ए मोहम्मदको बहावलपुर मुख्यालय पनि सामेल थियो। भारतीय सीमाबाट १०० किलोमिटर टाढा रहेको यस ठाउँमा भएको आक्रमणमा जैश प्रमुख मसूद अजहरका भाइ रउफ असगर र उनको परिवारका १० सदस्यसहित १४ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ८ : ४३ बजे

म्याग्दीको कालीपुल बसपार्कमा यात्रु सहायता कक्ष

म्याग्दी– म्याग्दी सदरमुकाम बेनीको कालीपुल बसपार्कमा सोमबार यात्रु सहायता कक्ष

हनुमानढोकास्थित दशैं घरमा राखियो जमरा (तस्बिरहरू)

काठमाडौं– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने हिन्दुहरूको महान्

गोरखा दरबारको दशैँघरमा जमरा राखियो

गोरखा– गोरखा दरबारको दशैँघरमा आज विधिपूर्वक जमरा राखिएको छ ।

केशरमहलमा फर्कियो शिक्षा मन्त्रालय (तस्बिरहरू)

काठमाडौं- जेन-जी आन्दोलनको दोस्रो दिन भदौ २४ गते आन्दोलनकारीहरूले सिंहदरबारभित्र

वीरगञ्ज नाका हुँदै साउन र भदौमा एक खर्ब ४६ अर्बको आयात, १७ अर्बको निर्यात

पर्सा– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको दुई महिनामा एक