पाकिस्तानी सांसदले प्रधानमन्त्री शाहबाजलाई अपशब्द भनेपछि « Khabarhub

पाकिस्तानी सांसदले प्रधानमन्त्री शाहबाजलाई अपशब्द भनेपछि


२० बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद । पाकिस्तानी एक सांसदले पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफलाई स्याल भनी सम्बोधन गरेका छन् । सांसद शाहिद अहमद खटकले प्रधानमन्त्री शरीफलाई उक्त आपत्तिजनक शब्दले सम्बोधन गरेका हुन् ।

राष्ट्रिय सभामा बोल्दै शाहिदले प्रधानमन्त्री शरीफले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध एक शब्द पनि नबोलेको आरोप बताए । अर्कोतर्फ पाकिस्तान सरकारले कराँची बन्दरगाह उडाएको समाचारलाई गलत भनेको छ । कराँची बन्दरगाहको एक्स ह्यान्डलले यो जानकारी दिएको छ र बन्दरगाह सुरक्षित रहेको बताएको छ।

त्यस्तै पाकिस्तानी सेनाका प्रवक्ताले शुक्रबार दाबी गरे कि अहिलेसम्म भारतका ७७ ड्रोनहरू खसालिएका छन् । उनले यो पनि भने कि भारतको आक्रमणमा उनीहरूका ३१ जना मारिएका छन् भने ५७ जना घाइते भएका छन् ।

यसअघि बिहीबार पाकिस्तानी सेनाले २५ वटा ड्रोन खसालेको बताएको थियो। सेनाका प्रवक्ताका अनुसार भारतले ९ स्थानमा ड्रोन आक्रमण गरेको थियो।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  २ : ४६ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने