पाकिस्तानी सांसदले प्रधानमन्त्री शाहबाजलाई अपशब्द भनेपछि « Khabarhub

पाकिस्तानी सांसदले प्रधानमन्त्री शाहबाजलाई अपशब्द भनेपछि


२० बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद । पाकिस्तानी एक सांसदले पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफलाई स्याल भनी सम्बोधन गरेका छन् । सांसद शाहिद अहमद खटकले प्रधानमन्त्री शरीफलाई उक्त आपत्तिजनक शब्दले सम्बोधन गरेका हुन् ।

राष्ट्रिय सभामा बोल्दै शाहिदले प्रधानमन्त्री शरीफले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध एक शब्द पनि नबोलेको आरोप बताए । अर्कोतर्फ पाकिस्तान सरकारले कराँची बन्दरगाह उडाएको समाचारलाई गलत भनेको छ । कराँची बन्दरगाहको एक्स ह्यान्डलले यो जानकारी दिएको छ र बन्दरगाह सुरक्षित रहेको बताएको छ।

त्यस्तै पाकिस्तानी सेनाका प्रवक्ताले शुक्रबार दाबी गरे कि अहिलेसम्म भारतका ७७ ड्रोनहरू खसालिएका छन् । उनले यो पनि भने कि भारतको आक्रमणमा उनीहरूका ३१ जना मारिएका छन् भने ५७ जना घाइते भएका छन् ।

यसअघि बिहीबार पाकिस्तानी सेनाले २५ वटा ड्रोन खसालेको बताएको थियो। सेनाका प्रवक्ताका अनुसार भारतले ९ स्थानमा ड्रोन आक्रमण गरेको थियो।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  २ : ४६ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना