शिक्षक आन्दोलनको मार : बिदामा पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध | Khabarhub Khabarhub

शिक्षक आन्दोलनको मार : बिदामा पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले विद्यालयको अनुकूलताअनुसार हिउँदे अथवा वर्षे बिदाको अवधिमा पनि पठनपाठन गर्न सामुदायिक विद्यालयलाई अनुरोध गरेको छ।

मन्त्रालयले विज्ञप्ति जारी गर्दै विस २०८१ चैत महिनामा सञ्चालन गरिएको शिक्षक तथा कर्मचारीको काठमाडौं केन्द्रित आन्दोलनका कारण सामुदायिक विद्यालयका विद्यार्थी भर्ना एवं पठनपाठनलगायत कार्यमा पर्न गएकाले यस्तो अनुरोध गरेको हो।

मन्त्रालयले महासङ्घको प्रतिबद्धतासमेतका आधारमा आवश्यक व्ययस्था मिलाउन सम्पूर्ण सामुदायिक विद्यालयलाई अनुरोध गरेको गरेको छ।

“पेसागत आन्दोलनका कार्यक्रममा शिक्षक तथा कर्मचारीको सहभागिताका कारण विद्यालयमा अनुपस्थितिलगायतका सवालको व्यवस्थापन गर्दै शिक्षकको मनोबल उच्च राख्दै विद्यालयको प्रशासकीय प्रबन्ध मिलाउन वाञ्छनीय भएकाले यस्तो आग्रह गरिएको हो”, विज्ञप्तिमा उल्लेख छ।

यस्तै, शिक्षक र कर्मचारी हाल विद्यालय फर्केर आफ्नो पेसागत दैनिकी सञ्चालन गरिरहेको भन्दै मन्त्रालयले समन्वयका लागि सम्बधित निकायलाई अनुरोध गरेको छ।

सबैको निरन्तर सक्रियता, उत्प्रेरित कार्यसम्पादन तथा विद्यार्थीको सिकाइ उपलब्धिमा विशेष सुधार ल्याउन सबैको समन्वयको खाँचो रहेको भनदै मन्त्रालयले समन्वय, सहकार्य र सहजीकरणको भूमिका निर्बाह गरिदिन स्थानीय तह, विद्यालय तथा सरोकारवालालाई अनुरोध गरेको हो।

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  ६ : ०० बजे

भूत मेलाको लागि प्रख्यात भगवती सोनासतिमाई

जलेश्वर– महोत्तरी जिल्लाको औरही नगरपालिका–७ भोइल गाउँमा अवस्थित सोनासति महारानीको

रास्वपाको वेबसाइट ह्याक गरेर रविबारे लेखियो : न माफी दिन्छौँ, न त बिर्सिन्छौँ

काठमाडौं- ‘जेनजी राइजिङ नेपाल’ नामको एक ह्याकर समूहले रवि लामिछाने

तुइनखोला नजिक खसेको पहिरो पन्छाउन आज दिनभर लाग्ने

काठमाडौं– चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोला नजिक खसेको पहिरो पन्छाउन बुधबार

स्वास्थ्य बीमा कार्यक्रम : काभ्रेमा आठ केन्द्रबाट प्रथम सेवा

काभ्रेपलाञ्चोक– स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–६ दुलालथोकस्थित प्राथमिक स्वास्थ्य केन्द्रले

सिरहामा विद्युत् चुहावट बर्सेनि बढ्दो

सिरहा– सिरहामा विद्युत् चुहावटको मात्रा हरेक वर्ष बढ्दै गएको पाइएको छ