चिनियाँ जनकङ्ग्रेसका उपाध्यक्षले भेटे प्रधानमन्त्री ओलीलाई « Khabarhub

चिनियाँ जनकङ्ग्रेसका उपाध्यक्षले भेटे प्रधानमन्त्री ओलीलाई


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ जनकङ्ग्रेसको स्थायी समितिका उपाध्यक्ष सिआओ ची नेतृत्वको प्रतिनिधिमण्डलले बिहीबार भेट गरेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा चिनियाँ टोलीले यही जेठ २ गतेदेखि काठमाडौंमा हुने सगरमाथा संवादको सफलताको कामना गर्दै दुई देशबीचको लामो र मित्रवत् सम्बन्धलाई अझ अभिवृद्धि गर्न चीन तत्पर रहेको बताए ।

उनले नेपालको विकास र समृद्धिका लागि चीनियाँ नेतृत्वको शुभेच्छा रहेको अवगत गराउँदै गत डिसेम्बरमा प्रधानमन्त्री ओलीबाट भएको चीनको औपचारिक भ्रमण सफल रहेको स्मरण गराए ।

प्रधानमन्त्री ओलीले नेपाल र चीनबीच लामो समयदेखि मित्रवत र समस्यारहित एवम् हार्दिक सम्बन्ध रहेको उल्लेख गर्दै चीनले विकास र प्रविधिमा गरेको प्रगतिको विश्वव्यापी प्रभावबाट आफू प्रसन्न रहेको बताए ।

प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चीनफिङको पछिल्लो नेपाल भ्रमणको स्मरण गर्दै उक्त भ्रमण बहुआमिक र ऐतिहासिक रहेको उल्लेख गरे ।

उनले नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको दोहोर्याउँदै दुई देशबीच भएका सहकार्यका सम्झौताको कार्यान्वयनका लागि सबै पक्षबाट अग्रसरता लिनुपर्नेमा जोड दिए ।

भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपालका लागि चिनियाँ राजदूत चन सोङ र चीनका लागि नेपाली राजदूत डा कृष्णप्रसाद ओली, परराष्ट्र मन्त्रालयका उच्चाधिकारीलगायत सहभागी थिए ।

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  १२ : २१ बजे

रियल म्याड्रिडको सान्त्वना जित: गार्सिया र बेलिंघमले गरे गोल

म्याड्रिड – उपाधि होडबाट बाहिरिसकेको रियल म्याड्रिडले स्पेनिस ला लिगामा

तिलक बर्माको विष्फोटक ब्याटिङमा मुम्बई विजयी, पन्जाबको प्लेअफ यात्रा संकटमा

धर्मशाला – मुम्बई इन्डियन्सका युवा ब्याटर तिलक बर्माले विष्फोटक इनिङ्स

२४ घण्टाको ट्राफिक कारबाही : १९ लाख ९५ हजार राजस्व सङ्कलन

काठमाडौँ – बितेका २४ घण्टामा दुई हजार १४४ सवारीचालक सवारी

नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

काठमाडौँ – थाइल्यान्डका लागि नेपालका राजदूत धनबहादुर ओलीले त्यहाँको परराष्ट्र

अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदै

काठमाडौँ – दिगो विकास, सामाजिक समावेशिता र परिवारको सशक्त भूमिकामा