‘कबड्डी ३’ को प्रिमियरमा को को पुगे? « Khabarhub

‘कबड्डी ३’ को प्रिमियरमा को को पुगे?


३ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ को बिहीबार भव्य प्रिमियर गरियो । निर्धारित समयभन्दा निकै ढिलो शुरु भएको प्रिमियरमा पुगेका कलाकारले फिल्म हेरेपछि आफूलाई मन परेको प्रतिक्रिया समेत दिन भ्याए ।

चलचित्र हेर्न फिल्मका शीर्ष कलाकार दयाहाङ राई, उपासना सिंह ठकुरी, रिश्मा गुरुङ, बुद्धि तामाङ, लुनिभा तुलाधर, विल्सनविक्रम राई, निर्देशक रामबाबु गुरुङ लगायत उपस्थित थिए । यस्तै चलचित्र हेर्न सीताराम कट्टेल, कुञ्जना घिमिरे, वर्षा राउत, एलिसा राई, सुरक्षा पन्त, दीपाश्री निरौला, सञ्जोग कोइराला, शिल्पा पोखरेल लगायतका कलाकारको उपस्थिति थियो ।

फिल्म हेरेपछि सेलिब्रेटीले यो फिल्मले दर्शकलाई भरपूर मनोरञ्जन दिने प्रतिक्रिया दिए ।

हास्य जानरामा निर्माण गरिएको चलचित्रको कथा यसअघिका दुई सिरिजसँग सम्बन्धित छ । दयाहाङ राई र उपासना सिंह ठकुरीको वरिपरि घुमेको कथालाई कमेडी शैलीमा प्रस्तुत गरिएको छ ।

यो फिल्म नेपालका सिनेमा घरमा आज शुक्रबारदेखि प्रदर्शन हुँदैछ । यस्तै फिल्म भारतका केही सिनेमा घरमा पनि चल्ने निर्माण टिमले जनाएको छ ।

तस्वीरहरू: आर्यन बिमली

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  १२ : ५४ बजे

कार्यकारी वालेन्द्रमाथि भाइरल बालेनको थिचोमिचो !

समकालीन राजनीतिमा बालेन र वालेन्द्र एउटै इन्जिनबाट सञ्चालित जहाजका दुई

भाइरल मोहको जोखिम: ब्याजको मोहमा साउँको सत्यानास

काठमाडौँ– के एउटा ३० सेकेन्डको भिडियोले कसैको भविष्य बदल्न सक्छ

लुम्बिनीमा मन्त्रालयको संख्या पुनःसंरचना, अब ८ वटा मन्त्रालय रहने

दाङ– लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रालयको

घट्यो डेंगु संक्रमण : प्रभावकारी बन्‍यो ‘खोज र नष्ट गर’ अभियान

काठमाडौँ– अस्पतालका बेड भरिभराउ हुन्थे, आपत्कालीन कक्षमा बिरामीको लाम लाग्थ्यो

विदेशी नागरिकलाई कुटपिट गर्ने दुईजना पक्राउ

काठमाडौँ– विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले