‘कबड्डी ३’ को प्रिमियरमा को को पुगे? | Khabarhub Khabarhub

‘कबड्डी ३’ को प्रिमियरमा को को पुगे?


३ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ को बिहीबार भव्य प्रिमियर गरियो । निर्धारित समयभन्दा निकै ढिलो शुरु भएको प्रिमियरमा पुगेका कलाकारले फिल्म हेरेपछि आफूलाई मन परेको प्रतिक्रिया समेत दिन भ्याए ।

चलचित्र हेर्न फिल्मका शीर्ष कलाकार दयाहाङ राई, उपासना सिंह ठकुरी, रिश्मा गुरुङ, बुद्धि तामाङ, लुनिभा तुलाधर, विल्सनविक्रम राई, निर्देशक रामबाबु गुरुङ लगायत उपस्थित थिए । यस्तै चलचित्र हेर्न सीताराम कट्टेल, कुञ्जना घिमिरे, वर्षा राउत, एलिसा राई, सुरक्षा पन्त, दीपाश्री निरौला, सञ्जोग कोइराला, शिल्पा पोखरेल लगायतका कलाकारको उपस्थिति थियो ।

फिल्म हेरेपछि सेलिब्रेटीले यो फिल्मले दर्शकलाई भरपूर मनोरञ्जन दिने प्रतिक्रिया दिए ।

हास्य जानरामा निर्माण गरिएको चलचित्रको कथा यसअघिका दुई सिरिजसँग सम्बन्धित छ । दयाहाङ राई र उपासना सिंह ठकुरीको वरिपरि घुमेको कथालाई कमेडी शैलीमा प्रस्तुत गरिएको छ ।

यो फिल्म नेपालका सिनेमा घरमा आज शुक्रबारदेखि प्रदर्शन हुँदैछ । यस्तै फिल्म भारतका केही सिनेमा घरमा पनि चल्ने निर्माण टिमले जनाएको छ ।

तस्वीरहरू: आर्यन बिमली

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  १२ : ५४ बजे

फर्जी कागजात प्रकरणमा बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा बर्खास्त

काठमाडौं – बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई फर्जी कागजात प्रयोग

दिल्लीमा भारतीय र चिनियाँ विदेश मन्त्रीबीच उच्चस्तरीय वार्ता

काठमाडौं – भारतका विदेशमन्त्री डा.एस जयशंकर र चीनका पोलिट ब्युरो

घुस रकमसहित पक्राउ परेका वरिष्ठ वन अधिकृत यादवविरुद्ध आरोपपत्र दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, कैलालीमा

सप्तरी घोंगी टिप्ने क्रममा डुबेर वृद्धाको मृत्यु

सप्तरी – घोंगी टिप्ने क्रममा अग्निसाइर कृष्णासवरण गाउँपालिकामा आज एक

च्याङ्ग्रा जोनमा ७८ पशु फार्म सूचीकृत

मुस्ताङ – राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ मुस्ताङअन्तर्गत सञ्चालित