स्वीकृत भएन बेलायत बसेकी प्रदेश सांसद गुरूङको राजीनामा | Khabarhub Khabarhub

स्वीकृत भएन बेलायत बसेकी प्रदेश सांसद गुरूङको राजीनामा


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनमत पार्टीबाट लुम्बिनी प्रदेशसभाकी समानुपातिक सांसद गीता गुरुङको राजीनामा अस्वीकृत भएको छ ।

बेलायतमा बस्दै आएकी गुरुङले गत ३० वैशाखमा बेलायतबाट हस्तलिखित राजीनामा ईमेलमार्फत लुम्बिनी प्रदेश संसद्को सचिवालयमा पठाएकी थिइन् ।

प्रदेशसभा सचिवालयको ईमेलमा गुरुङले हस्तलिखित राजीनामा पठाए पनि प्रक्रिया पूरा नभएको भन्दै सचिवालयले अस्वीकृत गरेको हो ।

प्रदेशसभाका सभामुख तुलाराम घर्तीमगरले गुरुङलाई आफैं उपस्थित भई सनाखत गराउन निर्देशन दिएका छन् ।

यससँगै सांसद गुरुङको राजीनामा तत्काललाई अस्वीकृत भएको हो । अब उनको सांसद पद खाली हुन उनी नै लुम्बिनी आउनुपर्ने भएको छ।

डा. सीके राउत नेतृत्वको जनमत पार्टीले पनि गुरुङको राजीनामा स्वीकृत गराउन भनिरहेको छ ।

सभामुखले गीता आफैँ आएमात्रै राजीनामा स्वीकृत गर्ने नत्र उनलाई पार्टीले कारबाही गरेको निर्णय पेश गर्न भनेका छन् ।

प्रदेशसभा सचिवालयमा गीताले पठाएको राजीनामा पत्र आधिकारिक ईमेलमार्फत प्राप्त नभएको, उनको हस्ताक्षरसमेत नमिलेको बताइएको छ ।

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  ३ : १० बजे

विश्वप्रकाश शर्मा भन्छन्: जेनजीको भावनाअनुरुप पार्टी परिमार्जन हुनुपर्छ

झापा – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जेनजी पुस्ताको भावनाअनुरुप

न्याम्सद्वारा स्वास्थ्यकर्मी र कर्मचारीलाई १२ बुँदे आचारसंहिता जारी

काठमाडौं – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले शिक्षक, चिकित्सक र

मनास्लु आरोहण गर्ने अहिलेसम्मकै कान्छी आरोही छिरिङ

गोरखा – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँकी २२ वर्षीया छिरिङ

सार्वजनिकस्थलमा निःशुल्क वाइफाइ विस्तार गर्न जुट्यो प्राधिकरण

काठमाडौं – काठमाडौंसहित देशका विभिन्न दश सहरमा निःशुल्क वाइफाइ उपलब्ध